इन्फो नेपाल — सञ्चारको सञ्जाल

मेयर साम्पाङ र कार्यपालिका सदस्यको विवादमा अल्झिएको धरान

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा मेयर हर्कराज साम्पाङ राई र कार्यपालिका सदस्यको विवाद थप चर्किएको छ । १३ भदौको कार्यपालिका बैठकमा मेयर राई र वडाध्यक्षहरुबीच विवाद भएको थियो । त्यसयता कार्यपालिका बैठक नै बस्न सकेको छैन । मेयर राईले कात्तिक १७ गते, २४ गते र मंसिर २९ गते डाकेको बैठक पनि बस्न सकेन । मेयर निरंकुश, स्वेच्छाचारी र अराजक बनेको आरोप लगाउँदै कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गर्दै आएका छन् । बिहीबार पनि बैठक बहिस्कार गरेका उनीहरुले वक्तव्य जारी गरेका थिए, जसमा मेयर राईले गैरजिम्मेवारी अभिव्यक्ति दिएकाले त्यसप्रति माफी माग्नु पर्ने माग गरिएको छ । मेयरको वक्तव्य, कार्यपालिका सदस्यको राजीनामा माग मेयर राईले शुक्रबार पत्रकार सम्मेलन गरेर आफने प्रतिरक्षा मात्र गरेनन्, बैठक बहिस्कार गर्दै आएका कार्यपालिका सदस्यको राजीनामा नै मागेका छन् । कार्यपालिका सदस्यहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ (१) मा व्यवस्था गरे बमोजिम महिनाको कम्तिमा एक पटक बैठक बस्नुपर्ने नियमलाई उल्लघंन गरेको भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । उनले धराने जनतालाई आफ्नो काम कारबाहीको मूल्यांकन गर्न पनि अनुरोध गरेका छन् । धरान १७ का वडाध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता सूर्य भट्टराई (मनोज) भने नगरको नेतृत्वमा रहेका मेयरले राईले बैठक सुरु गर्न कुनै पनि पहल नगरेको बताउँछन् । बरु, मेयर राईले अराजक र स्वेच्छाचारी प्रवृत्ति देखाएको उनको आरोप छ । के हो विवाद ? १३ असोजको कार्यपालिका बैठकमा मेयर राईले धरानको वडा नम्बर १७ मा रहेको सप्तरंगी पार्कलाई बहुसांस्कृतिक पार्कका रुपमा विकास गर्ने प्रस्ताव राखेका थिए । कार्यपालिका सदस्य अनुप देवान, प्रस्तावको विपक्षमा उभिए । धरान १४ मा बहुजातीय सांस्कृतिक भवन रहेकाले धरान १७ को सप्तरंगी पार्कलाई पार्ककै रुपमा विकास गर्नुपर्ने उनको तर्क थियो । मेयर राईले देवानको प्रस्ताव सुनेनन्, बरु बैठकस्थलबाट निस्किन निर्देशन दिँदै भने, ‘बाहिर जानुस्’ । बैठकको अध्यक्षता गरिरहेका मेयरले कार्यपालिका सदस्यलाई बैठकस्थल छाडेर जान भनेपछि अरु सदस्य विरोधमा उत्रिए । मेयर राईको अभिव्यक्ति स्वेच्छाचारी, गैरकानुनी र गैरजिम्मेवार भएकाले तत्काल माफी माग्नुपर्ने उनीहरुको माग थियो । तर मेयर राईले कार्यपालिका सदस्य देवानले मर्यादालाई मिचेर अभद्र शैली देखाएकाले आफूले बाहिर निस्कन आग्रह गरेको बताउँदै आफ्नो बचाउ गरेका छन् । माफी नमागेसम्म बहिस्कार गर्ने मेयर राईले कार्यपालिका सदस्यमाथि गरेको व्यवहार अभद्र र अपमानजनक भएको भन्दै कार्यपालिका सदस्यहरुले कार्यपालिका बैठक बहिस्कार गर्दै आएका छन् । धरान–१७ का वडाध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता सूर्य भट्टराई भट्टराई मेयर राईले कार्यपालिका सदस्यमाथि गरेको अपमानजनक शब्द फिर्ता लिएर माफी नमागेसम्म कोही पनि कार्यपालिका सदस्यहरु बैठकमा सहभागी नहुने बताउँछन । कार्यपालिका सदस्यहरुले मेयर राईमाथि एकलौटी निर्णय गर्दै निरंकुश शैलीमा अघि बढेको आरोप पनि लगाएका छन् । विकास निर्माणका लागि आवश्यक उपभोक्ता समिति गठनमा रोक लगाएको, कार्यपालिकाको निर्णयबिना साबुन उद्योगको निर्माणसुुरु गरेको, वीपी पार्कको नाम परिवर्तन गरी आफ्नो फोटो राखेर श्रम संस्कृति पार्क नामाकरण गरेको उनीहरुको आरोप छ । सामाजिक सञ्जालमा गालीगलौज गरेको, जातीय सद्भाव खलबलिने गरी दलित समुदायको आत्मासम्मानमा चोट पुर्‍याएको, सेवाग्राहीलाई हप्कीदप्की गरेको, राष्ट्र सेवक कर्मचारीलाई अपमानित गरेको दाबी पनि कार्यपालिका सदस्यहरुको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क