इन्फो नेपाल — सञ्चारको सञ्जाल

मेयर हर्क साम्पाङले धरान १५ मा पानी झारे , धरानका जनता खुसि

सुनसरी / धरान -२० पकुवाबाट धरान-११ स्थित पानी ट्याङ्की र सर्दु, खर्दु र निशानेबाट धरान- १६ स्थित स्वस्तिकचोकमा पानी आइपुग्दा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई र श्रमदानमा पुगेका धरानबासी जति खुशी थिए, आइतबार पनि त्यति नै खुशी देखिए । धरानको भालुखोला र शिवजट्टाबाट झरेको सेउती खोलाबाट पानी ल्याइएपछि रौनक नै छाएको छ । जसरी पकुवा, सर्दु, खर्दु र निशानेको पानी जनश्रमदानबाट ल्याइएको थियो, त्यहाँको पानी पनि जनश्रमदानबाटै धरान- १५ स्थित काठे पुलनजिक खत्रीधारा छेऊमा आइपुगेको हो । जनताको मिहिनेत, परिश्रमका साथ श्रमदानबाट पानी आउनु ठूलो कुरा भएको खोलाको डाइरेक्टर दत्तकुमार लिम्बूले जानकारी दिए । पत्रकारमाझ बोल्दै मेयर साम्पाङले दाताले नै खत्रीधारा आसपासमा ट्याङ्की निर्माण गरिदिने बचन दिएको र ट्याङ्की निर्माण गरेर फिल्टर गरी धरान–१५ मा पानी वितरण गर्न थालिने जानकारी दिए । उनका अनुसार धरान–७, ८ र १९ मा पनि सो पानी वितरण गर्ने लक्ष्य रहेको जानकारी दिए । धरानबासी, देशविदेशदेखि निरन्तर साथ र सहयोगले धरान–१५ मा पानी आइपुगेको मेयर साम्पाङले जानकारी दिए । मेयर साम्पाङले निशाने दोभानबाट सर्दु, खदु र निशानेको पानी ल्याउँदा धेरै राहत मिलेको हुनाले आफूले वर्षायाममै भएपनि त्यहाँबाट पानी ल्याइएको बताए । अहिले मेयर साम्पाङ धरानबासीलाई जसरी पनि पानी खुवाउँछु भन्दै लागिपरेका छन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क