इन्फो नेपाल — सञ्चारको सञ्जाल

मेरी बास्सै र भद्रगोलका लोकप्रिय ‘कलाकार शोक’, सबै स्तब्ध

काठमाडौं, ४ पुष । कुमार कट्टेल (जिग्री) हास्यकलाकार एवं सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस)का सहोदर माहिला भाइ हुन् । अहिलेको चर्चित हास्य टेलिश्रृंखलाका ‘सक्किगोनी’का कलाकार कुमार चितवनको रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिनरात खटिएका छन् । कुमार कट्टेल एक सक्रिय नेपाली हास्य कलाकार हुन्, जसले हास्यव्‍यंग्य टेलिशृंखला ‘सक्किगो नि’को निर्देशन, लेखन र अभिनय पनि गर्छन् । खासगरी जिग्री नामक चरित्रको अभिनयका कारण उनी चर्चित छन् । ‘जेपीटी क्रिएसन’ का संस्थापक उनले २ वर्षभन्दा बढी समय अर्को हास्यव्‍यंग्य टेलिशृंखला ‘भद्रगोल’मा काम गरेका थिए । पछि गएर उनले प्रायः अभिनयको समयमा प्रयोग गर्ने थेगोको नाममा सक्किगो नि नामक टेलिसिरियल बनाएर त्यसैमा अभिनय गर्न थालेका थिए । उनी सामाजिक कार्यमा सक्रिय छन् । रंगशालाको सपनालाई छिट्टै पुरा गराउने दाजु धुर्मुसको अभियानमा लागिपरेका छन् । सिताराम कट्टेल नेपालका हाँस्य कलाकार हुन्। कट्टेल सोलुखुम्बु जिल्लाको नेचाबेतघारी गाविसको वडा नं‍. ७ मा जन्मिएका हुन् । पछि बसाइँ सर्ने क्रममा झापा आई बसोबास गरेका सिताराम कट्टेललाई धुर्मुसको नामले चिनिन्छ। यिनै जनमनमा बास गर्न सफल लोकप्रिय कलाकारद्वय कुमार कट्टेल ‘जिग्री’ र सिताराम कट्टेल ‘धुर्मुस’ लाई पारिवारीक शोक परेको छ । कट्टेल दाजुभाईका सहोदर हजुरआमाको असामयिक निधन हुन पुगेको हो । भाई कट्टेल यानकी जिग्रीले सामाजिक सन्जाल फेसवुकमा एक स्टाटस पोस्ट गर्दै दिबंगत हजुरआमाप्रती श्रद्धान्जली ब्यक्त गर्नुभएको छ । आफु हजुरआमाको अन्तिम सपनाहरु पुरा गर्ने सोचिरहेकै समयमा उहाँ बित्नुभएको भन्दै बैकुण्ठ बासको कामना गरेका छन । हजुरआमाको निधनपछि कुमार कट्टेल जिग्री लेख्छन् : म सङ हजुरका केहि सपनाहरु थिए, पुरा गर्छु भनेर सोच्दै थिए, एक्लो बनाएर छोडेर जानुभयो हजुरको बैकुन्ठमा बास होस, हार्दिक श्रद्धाञ्जली हजुरआमा

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क