इन्फो नेपाल — सञ्चारको सञ्जाल

मेरो जिज्ञासा - देवीप्रसाद मिश्र

शीर्षक = मेरो जिज्ञासा ! छन्द = शार्दूलविक्रीडित!! नेता छाैँ अथवा समस्त जनता याे देशका खातिर गर्छौँ चिन्तन सभ्य सुन्दर बनाेस् नेपाल हाम्रो घर गल्ती याे पहिले भएछ अहिले थाहा भयो आखिर गार्‍हो थाम्न भयो ,प्रदेश तह याे जागून् प्रणाली अब!!१!! मन्त्री सभ्य प्रधान, हाेस् मुलुककाे प्रत्यक्ष निर्वाचित . त्यस्तै याे छ समानुपातिक यहाँ जम्मै हटाऔँ पर सांसद् मात्र विकासमा विनयले लागून् सदाका दिन राम्रो राख्न सकून् विधेयकहरू ती नीतिका सज्जन !!२!! हाम्रो याे पिछडा छ वर्ग ,सँगमा आफ्ना सबै कार्यमा शिक्षा आर्थिक या समुन्नतिसँगै संमृद्धिकाे भावना राखाेस् त्यो सरकारले अब यहाँ दायित्व आफ्नो मन शिक्षाको जग दर्बिलाे हुनगए बन्छन् सबै सक्षम!!३!! राम्रो हाेस् अझ केन्द्र सम्म दरिलो स्थानीयकाे मित्रता गर्दा बेस छ याे प्रदेश तहको काेटा सबै रिक्तता स्थायी हाेस् सरकार पूर्ण दरिलाे पार्टी जुनै हाेस् तर हाम्रो त्यो मतदानकाे कदर हाेस् आओस् नया जाँगर!!४!! धेरै खर्च बचेर हुन्छ गतिलो याे राष्ट्रकाे उन्नति भ्रष्टाचार घटेर बल्छ सहजै उत्थानकाे आरती उक्साई जनता विना सुजनका बाजा बजाई सब नाच्ने आँगन मात्र बन्नु नपराेस् नेपाल हाम्रो घर!!५!! देवीप्रसाद मिश्र- काठमाडौ

सम्बन्धित समाचार

‘बाल महाभारत’ सार्वजनिक, नयाँ पुस्तालाई पौराणिक पात्रसँग परिचय गराउने उद्देश्य

हेटौँडा | साहित्यकार छवि अनित्यको चौथो कृति ‘बाल महाभारत’ सार्वजनिक भएको छ। ‘गोकु’, ‘नारुतो’जस्ता एनिमे पात्रतर्फ आकर्षित हुँदै गएका नयाँ पुस्तालाई पूर्वीय साहित्यको महान ग्रन्थ मह…

इन्फो नेपाल संवाददाता

'मेरा बा'

कृतिका हुमागाई 'क' समेत नपढेका मेरा बा तर कुर्कम गरेनन् 'अ' समेत नपढेका मेरा बा तर अन्याय र अपराध सहेनन् जहिले सुकर्म र न्यायका लागि यौवन हुदै देखिनैक दुई नाले खद्वा बन्दुकसंग मैदा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

म र मेरो दाह्री

युवराज घिमिरे खिसी गर्थे साथीभाई मेरो फेस देखि जब देखि देखा पर्यो जु“गामा त्यो रेखी । उमेर बढ्दा जु“गा पनि हुंदै गयो कालो, जु“गा पछि आउ“दो रैछ दाह्रीको पो पालो । कपालमा सबै भन्दा क…

इन्फो नेपाल संवाददाता