काठमाडौं| पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स' को ग्राण्ड फिनाले भएको छ।
सिक्किम भारतका प्रितम राईले मेरो भ्वाइस युनिभर्सको उपाधि जितेका छन् भने मेरो डान्स युनिभर्सको उपाधि भने थाइल्याण्डकी खुसी कार्कीले जितिन्। उपाधि जितेका राई र कार्कीले एक, एक करोड रुपैयाँ पुरस्कारसमेत जितेका छन्।
इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा ललितपुरको गोदाबरीमा भ्वाइस र डान्स युनिभर्सको ग्याण्ड फिनाले शनिबार बेलुकी भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, परराष्ट्र मन्त्री एनपी साउद, ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतलगायत पनि ग्राण्ड फिनालेमा सहभागी थिए।
प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेलगायतले उपाधि जितेका राई र कार्कीलाई एक, एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका थिए।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…