इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोटरसाइकलमा माेबाइल होल्डर र स्ट्यान्ड राख्न पाउने

काठमाडौँ - सवारीसाधनमा मोबाइल स्टयान्ड (मोबाइल होल्डर) र गोप्रो (हेलमेट क्यामेरा) राख्न पाउने भएको छ। मंगलाबार नागरिक न्युजसँग कुरा गर्दै राइड सेयरिङ कम्पनी सजिलो साथी प्रालिका सिइओ अमीर लामाले मोटरसाइकलमा मोबाइल स्टयान्ड राख्न पाउने फैसला आएको बताएका हुन्। उनले भने, ‘हामीले यस बारे मुद्दा दायरा गर्न नमिल्ने भएकोले राइड सेयरिङ सेवा दिने चालकहरुलाई आफ्नो सवारीसाधनमा मोबाइल स्टयान्ड राख्न पाउनुपर्छ भनेर उच्च अदालत पाटनमा निवेदन पेश गरेका थियौँ। अदालतले फागुन ३ गते बुधबार रिट जारी गरेको छ। जसमा मोबाइल स्टयान्ड राख्न अनुमति दिनु भनिएको छ। अब फैसलाको पूर्ण पाठ भने आउन बाँकी नै छ।’ भदै १५ गते ट्राफिक प्रहरी कार्यालयले बाइकमा मोबाइल स्टयान्ड राख्न नपाइने बताएको थियो। मोटरसाइकलमा मोबाइल स्टयान्ड प्रयोग गर्दा दुर्घटनाको जोखिम समेत बढेकोले सवारीसाधन कम्पनीले दिएको संरचना विपरीत कुनै पनि सामाग्री प्रयोग गर्न रोक लगाएको ट्राफिक प्रहरीका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले बताए। उनले भनेका थिए ‘मोटरसाइकलमा यस्ता मोबाइल स्ट्यान्ड प्रयोग गर्दा मोबाइल हेर्दै बाइक चलाउने, नक्सा हेर्न तथा फोटोरभिडियो खिच्न प्रयोग गर्दा दुर्घटनाको जोखिम बढेको छ।’ ट्राफिक नियम उल्लंघन गरेमा ५ सयदेखि २ हजारसम्म र यातायात कार्यालयमा पठाउनु पयो भने ५ देखि २० हजारसम्म जरिवाना हुनसक्ने उनले बताएका थिए। उक्त विषयमा सजिलो साथी प्रालिकाे सहकार्यमा कानुन विद्यार्थी डेभिड चौधरी र आर्यनराज पाण्डेले अदालतमा मंसिर २१ गते रिट दर्ता गराएका थिए। यस विषयमा मंसिर २१ गते परेको रिटको सुनुवाइ फागुन ३ गते फैसला भएको छ। फैसलामा मोटरसाइकलमा मोबाइल स्टयान्ड राख्न पाउने र राखेमा जरिवाना गर्न नपाउने उल्लेख गरेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क