इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङको उर्लाबारीमा कारले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

सुनसरी / मोरङको उर्लाबारी नगरपालिका- ७ स्कुलडाँडामा कारले ठक्कर दिँदा एक जना पैदलयात्रुको मृत्यु भएको छ । शुक्रबार राति ८ बजे बागमती प्रदेश ०१–०२६ च ६२८८ नम्बरको कारले उर्लाबारी-७ का ५६ वर्षीय वोधविक्रम मुखियालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार सुरुमा मुखियालाई उपचारका लागि उर्लाबारीकै अरनिको अस्पतालमा लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि बी एन्ड सी लगिएको हो । चिकित्सकले राति ९ः३० बजेतिर मृत घोषित गरेका हुन् । प्रहरीले दुर्घटनाल गत्तै कार र चालक लाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क