इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङको गछिया खोलामा भोजपुर घर भएका वृद्धको शव फेला

मोरङ: मोरङको सुन्दरहरैँचा नगरपालिका- ६ स्थित गछिया खोलामा एक जना वृद्ध पुरुषको शव फेला परेको छ । भोजपुर नगरपालिका- २ घर भई सुन्दरहरैँचा- ६ मा बस्दै आएका ६४ वर्षीय टेकबहादुर गुरुङ खोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन्। गुरुङ सब्जी लिन भनेर बिहीबार गछिया बजार गएको खुलेको मोरङ प्रहरीमा प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए । बजारबाट घर नफर्किएपछि प्रहरीलाई जानकारी गराएर आफन्तले खोजी थालेका थिए । खोजी गर्ने क्रममा खोलामा डुबेर मृत्यु भएको अवस्थामा बिहान ८ बजेतिर शव फेला परेको थियोे । सब्जी लिएर घर फर्किने क्रममा चिप्लिएर खोलामा डुबेका वृद्धको त्यही मृत्यु भएको हुन सक्ने प्रहरीलेको प्रारम्भिक अनुमान छ । शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएर घटनाको अनुसन्धान सुरु गरिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क