इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङको झोराहाट बजारबाट ३ महिनादेखि एक महिला बेपत्ता

सुनसरी : मोरङको रंगेलीबाट माइतघर गएकी ग्रामथान गाउँपालिका-२ झोराहाट झङडाईमा गत फागुन २० गते शुक्रबार माइत गएकी अनिता झांगड गत फागुन २१ गते शनिबार बाट बेपत्ता भएकी छिन् । माइतीघरमा एक रात बसेर भोलिपल्ट झोराहाट बजारमा किनमेलका लागि परिवारसँग गएकी झांगड झोराहाट बजारबाट सम्पर्क बिहिन भएकी हुन् । रंगेली नगरपालिका- २ जुलबीचोकमा घर भएकी अनिता गत फागुन २१ गते शनिबार दिउँसो १ बजे देखि बेपत्ता भएकी छिन् । झांगड दम्पतीका ९ बर्षका एक छोरा पनि छन् । माइतीघर जान्छु भनेर हिडेकी श्रीमती एकाएक सम्पर्क बिहिन भएकी श्रीमान जमिरलाल झांगडले बताए । श्रीमती हराएपछि खोजि गर्दा अहिलेसम्म पत्ता नलागेको उनले बताए । छोरी बेपत्ता भएको खबर जिल्ला प्रहरी कार्यालय मोरङलाई जानकारी गराउँदै खोजिदिन परिवारले अनुरोध गरेका छन् । अहिलेसम्म काहिँ कतै बाट केही खबर नआएको आमा बुवा सुन्दरवती उराव र देवलु उरावले बताए । प्रहरी प्रशासन, आफन्त, इष्टमित्रहरूबाट छोरी खोज्न सहयोग भएता पनि छोरी नभेटेपछि श्रीमान, आमा र बुवाले छोरी खोजिदिन सबैलाई आग्रह गरेका छन् । काहिँ कतै देखेमा नजिकैको प्रहरी कार्यलय, वडा कार्यलयमा विभिन्न संघ संस्थामा खबर गरिदिन परिवारले अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क