इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङको बूढीगङ्गामा पिकपअ भ्यानको ठक्करबाट ७० वर्षका वृद्धको मृत्यु

सुनसरी / मोरङको बूढीगङ्गामा पिकपअ भ्यानको ठक्करबाट ७० वर्षका वृद्धको मृत्यु भएको छ । कोसी लोकमार्गअन्तर्गत बूढीगङ्गा गाउँपालिका- ३ शान्ति चोकमा हिजो मंगलबार साँझ ७ बजेतिर दुर्घटना भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार पिकअप भ्यानको ठक्करबाट स्याङजा घर भएका ७० वर्षीय पदमबहादुर बस्नेतको मृत्यु भएको छ । सडक पार गर्दै गरेको अवस्थामा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ४६९८ नम्बरको पिकअपले वृद्धलाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा बूढीगङ्गाको विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार भ्यान र चालक विराटनगर महानगरपालिका-५ का २४ वर्षीय सन्तोष गुप्तालाई नियन्त्रणमा लिएर दुर्घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क