इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङको बेलबारीमा मतदान स्थल नजिकै शंकास्पद वस्तु फेला

सुनसरी / मोरङको बेलबारी नगरपालिका- २ लालभित्तीमा शंकास्पद वस्तु फेला परेको छ । टिनको बट्टाबाट तार बाहिर निकालेर छाडेको अवस्थामा बमजस्तो देखिने शंकास्पद वस्तु आइतबार बिहान फेला परेको हो । प्रहरी कार्यलय बेलबारीका अनुसार शंकास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता बढाइएको छ । मानिसको आवतजावत बन्द गरेर उक्त स्थानलाई प्रहरीले सुरक्षित राखेको छ । बेलबारी २ लालभित्तीमा रहेको कविर मा.वि मतदान स्थलको नजिकै राखिएको बम जस्तै देखिनेलाई नेपाली सेनाको डिस्पोज टोलीले डिस्पोज गरेको छ । बम जस्तै कसले राखेको भन्न खुल्न सकेको छैन ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क