इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङको बेलबारीमा ससुरा र बुहारीमाथि कालो मोसो दलियो

मोरङ | मोरङको बेलबारीमा एक परिवारका ससुरा र बुहारीमाथि कालो मोसो दलिएको छ । सडक निर्माणको विषयमा भएको विवादलाई लिएर बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा मोसो दलिएको हो । सुनसरीको धरान उपमहानगरपालिका १२ घर भइ हाल बेलबारी ११ लक्ष्मीमार्गमा बस्दै आएका ७५ वर्षीय विष्ट थरका एक पुरुष र उनकी ३७ वर्षीया बुहारीलाई स्थानीयले कालो मोसो दलेको प्रहरीले जनाएको छ ।सुम्निमा चोकबाट जुराहतर्फ जाने सडक निर्माणका क्रममा स्थानीय र विष्ट परिवारबीच विवाद भएको थियो । विवादकै क्रममा कालो मोसो दलेर ससुरा र बुहारीमाथि अमानवीय व्यवहार गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । कोशी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत करिब साढे १२ किलोमिटर लम्बाइ र २४ फिट चौडाइको सडक निर्माण ३ वर्ष अघिबाट सुरु गरिएको थियो । विष्टको जग्गा हुँदै बाटो बन्ने क्रममा छ । निर्माणाधीन सडकले आफ्नो दुवैतर्फको जग्गा काट्ने भन्दै विष्टले विरोध गर्दै आएका छन् । जग्गा धनीसँगको विवादका कारण सडक निर्माणले गति लिन सकिरहेको छैन । उक्त सडक निर्माण तत्काललाई अगाडि नबढाउन र जग्गा धनीसँग सहमति गरेर मात्रै काम गर्न उच्च अदालत विराटनगरले वैशाख ६ गते आदेश दिएको थियो । अदालतको आदेशपछि पनि जबरजस्ती काम अघि बढाउन खोजेको भन्दै जग्गा धनी विष्टका परिवार विरोधमा उत्रिएका थिए । उनीहरुले तत्काललाई सडकको काम अघि नबढाउन आग्रह गरे । त्यही विषयलाई लिएर विष्ट परिवार र स्थानीयबीच विवाद भएको प्रहरीले जनाएको छ । विवादकै क्रममा स्थानीयको भीडले गालीगलौज गर्दै लछारपछार पारेर विष्ट र उनकी बुहारीलाई शुक्रबार दिउँसो कालो मोसो दलेको एसपी कार्कीले बताए । कालो मोसो दलेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँचजना स्थानीयलाई पक्राउ गरेको छ । घटनामा संलग्न भनिएकी एक जना महिला फरार रहेकाले खोजी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क