इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङको बेलबारी र रतुमावाईमा भएको घटनामा तीन जनाको मृत्यु

सुनसरी- मोरङको बेलबारी र रतुवामाईमा छुट्टाछुट्टै ठाउँको घटनामा तीन जनाको मृत्यु भएको छ । रतुवामाइमा नगरपालिकामा खाल्डोमा डुबेर र बेलबारीमा ट्रक सँग मोटरसाइकल जुद्दा दुर्घटनामा परेर शनिबार राति दुई जना बालबालिकाको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार रतुवामाई- १ मुस्लिम टोलका २ वर्षीय साकिर आलमका छोरा जासिद आलमको शव खोल्डोको पानीभित्र डुबेर बालकको शव खाल्डोको पानीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको छ । घरदेखि ३० मिटरजति उत्तरमा रहेको सार्वजनिक कलको पानी जमेको खाल्डोमा बालकको शव भेटिएको डिएसपी श्रेष्ठले बताए । शव पोस्टमार्टमका लागि रङ्गेली अस्पताल लगेर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । त्यस्तै, पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी–२ स्थित सडकमा रोकेर राखेको ना ६ ख ५९३६ नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १० प ८२२३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा बालिकको मृत्यु भएको छ । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार दुर्घटनामा परेर बेलबारी–१० का अन्दाजी ३५ वर्षीय रविन चाम्लिङ राईकी छोरी २ वर्षीया दयानी राईको मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक रविन र पछाडि सवार उनकी पत्नी अन्दाजी ३० वर्षीया बन्दना राईको न्युरो अस्पतालमै उपचार भइरहेको छ । त्यसैगरी, बेलबारी–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा दुर्घटना हुँदा गम्भीर घाइते भएका २५ वर्षीय गणेशकुमार राईको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–१ घर भएका राई गत शुक्रबार दिउँसो दुर्घटनामा परेर घाइते भएका थिए । प्रदेश १–०२–०४४ प १६७२ नम्बरको स्कुटरका चालक रहेका उनको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा शनिबार राति ८ः३० बजेतिर मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स्कुटरलाई शुक्रबार दिउँसो ४ः४० बजेतिर पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७४७ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा चालक राई र स्कुटरको पछाडि सवार मोरङको ग्रामथान गाउँपालिका–५ का २३ वर्षीय विजयकुमार श्रेष्ठ घाइते भएका थिए । विराट नर्सिङ होममै उपचार भईरहेको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क