इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङको मिक्लाजुङमा १४ वर्षीया बालिका ब´लात्कार, पेटमा ४ महिनाको गर्भ

सुनसरी / मोरङको मिक्लाजुङमा ब´लात्कारका कारण १४ वर्षीया बालिकाको गर्भ बसेको खुलेको छ । प्रारम्भिक अनुसन्धानबाट मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार मिक्लाजुङ गाउँपालिका- ४ का ४४ वर्षीय छविराज चाम्लिङ राईले ब´लात्कार गरेर १४ वर्षीया बालिकालाई ब´लात्कार गरि गर्भवती बनाएको पत्ता लागेको छ । उनका अनुसार बङ्गुरलाई चारो खोज्न जङ्गल गएका बेला ४ महिनाअघि बालिकालाई राईले ब´लात्कार गरेको खुलेको हो । ब´लात्कार पीडित बालिका गर्भवती भएको घटना बाहिर आएसँगै राई फरार बनेका छन् । बङ्गुरलाई चारो खोज्न बालिका जङ्गलमा पुगेका बेला राईले नियन्त्रणमा लिएर २०७८ साल माघ २६ गते बलात्कार गरेको पाइएको छ,’ श्रेष्ठले भने, ‘घटना बाहिर ल्याएमा र कसैलाई सुनाएमा मारिदिनेसम्मको धम्की दिँदै डर र त्रास देखाइएका कारण बालिकाले अभिभावकलाई समेत नभनेको खुल्यो ।’ लामो समयसम्म ब´लात्कारको कुरा बाहिर ल्याउन हिम्मत नगरेकी बालिका नियमित विद्यालय जाने- आउने पनि गरिरहेकी थिइन् तर अचानक स्वास्थ्यमा समस्या आए पछि पेट दुख्यो भनेर बालिकाले गत जेठ २६ गते राति अभिभावकलाई सुनाएपछि स्वास्थ्य परीक्षण गराउँदा ४ महिनाको गर्भ रहेको पत्ता लागेको डिएसपी श्रेष्ठको जानकारी दिए । बालिकाका बुवाले राईविरुद्ध प्रहरीमा किटानी जाहेरी दिइसकेका छन् । बालिकाको पेटमा रहेको गर्भ राईको हो कि हैन भनेर थप यकिन गर्न प्रहरीले डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । ब´लात्कार राईविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउनलाई थप अनुसन्धान अघि बढाई बलात्कारका आरोप लागेकाको प्रहरीले खोजी गरिरहेको छ । -साङ्केतिक तस्बिर

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क