इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटना हुँदा ५३ वर्षीय पुरूषको मृत्यु

सुनसरी / मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरूषको मृत्यु भएको छ । प्रहरी कार्यलय रंगेलीका अनुसार मृत्यु हुनेमा स्थानीय ५३ वर्षीय जीतेन्द्र पौडेल रहेका छन् । प्रहरी कार्यलय रंगेलीका अनुसार मंसिर १८ गते राति साढे ८ बजे रंगेली नगरपालिका- ३ निसान थान नजिकै भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्र नं.१–०२–०४४ प ४४०९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियोे । दुर्घटनामा परेका मोटरसाइकल चालक पौडेलले आफूलाई केही नभएको र बाहिरी चोटपटक समेत नदेखिएपछि घरमा गएर सुतेका थिए । सोमबार बिहान सुतेकै अवस्थामा बिहान मृत अवस्थामा भेटिएका हुन् । मृत्युको कारण दुर्घटना नै हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क