इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङमा घरबाट माइत हिँडेकी वृद्धाको मृ´त अवस्थामा पोखरीमा शव भेटियो

सुनसरी / मोरङको जहदा गाउँपालिका–४ मुखिया टोलीकी घरबाट माइत जान भनेर हिँडेकी एक जना वृद्धा महिलाको मृ´त अवस्था आज बिहान शनिबार पोखरीभित्र शव भेटिएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार जहदा-४ स्थित पोखरीको पानीमा डुबेर मृत्यु भएको अवस्थामा ६५ वर्षीया नीरबुधियादेवी मुखियाको शव फेला परेको हो । के कारणले मृत्युको भएको प्रष्ट भइसकेको छैन । घोप्टो परेको अवस्थामा बिहान ७ः३० बजेतिर शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पोखरी स्थानीय बटेश्वर मुखियाको हो । पोखरी निक्कै गहिरो रहेको स्थानीयले बताएका छन् । शुक्रबार साँझ ७ बजेतिर जहदा-४ सोहलस्थित माइती जानलाई भनेर घरबाट हिँडेकी महिला पोखरीभित्र मृत फेला परेपछि घटनाको अनुसन्धान थालिएको श्रेष्ठले बताए । प्रहरीका अनुसार माइती पक्ष सम्पर्कमा नआएका कारण वृद्धा माइती घर पुगिन् कि पुगिनन् भन्ने बारेमा खुल्न सकिरहेको छैन । शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल पठाएर इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक शैलेश न्यौपाने नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेको छ । ‘माइत हिँडेकी महिला पोखरीभित्र मृत फेला परे पनि मृत्युको कारण प्रष्ट भइसकेको छैन । घटनाका बारेमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको कारण यकिन हुने छ ।’

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क