इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङमा घरायसी विवादका क्रममा पत्नीले गरिन् पतिको ह'त्या

सुनसरी / मोरङको जहदा गाउँपालिकामा घरायसी विवादका क्रममा पत्नीले दाउ प्रहार गरेर पतिको ह'त्या गरेकी छिन् । जहदा गाउँपालिका- १ भुटाहाकी ३५ वर्षीया दवानीदेवी सरबरियाले ४२ वर्षीया आफ्नै पति सन्तोष सरबरियाको हत्या भएको छ । उनले पतिको घाँटी र टाउकोमा दाउले प्रहार गरेर हत्या गरेको प्रहरी कार्यलय जहदाले जनाएको छ । ह'त्यामा संलग्न प्रयोग गरिएको दाउ सहित दवानीदेवीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत शनिबार राति धारिलो हतियारले घाँटी र टाउको काटिएको अवस्थामा रहेका गम्भीर अवस्थामा भेटिएका उनलाई प्रहरीले उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएकोमा उपचारका क्रममा राति नै मृत्यु भएको थियो । हत्यामा संलग्न दवानीदेवीलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले सोमबार अदालतबाट म्याद थप गरेर घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क