इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङमा तीन वटा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

मोरङ- मोरङको बेलबारी नगरपालिकामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । १ र ३ को सिमानामा शुक्रबार बिहान भएको दुर्घटना झापाको कमल गाउँपालिका २ का ५२ वर्षीय यदुकान्त भट्टराई, कमल गाउँपालिका ४ की ४४ वर्षीया दीपा खानाल र झापाको बिर्तामोड नगरपालिका २ का ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामध्ये यदुकान्त र दीपाको विराटनगरस्थित कोशी अस्पताल तथा कृष्णको न्यूरो अस्पतालमा मृत्यु भएको हो । गजुरेल बोलेरो चालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने खनाल र भट्टराई बोलेरमा सवार यात्रु रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका कमल गाउँपालिका ४ का ४६ वर्षीय हरि खनाल र कमल २ की ४८ वर्षीया गायत्री भट्टराईको न्यूरो अस्पतालमै उपचार भइरहेको छ । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको प्रहरीले जनाएको छ । अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरो जीपलाई ठक्कर दिएको थियो । प्रहरीले टिपर चालक मोरङको सुन्दरहरैँचा नगरपालिका ७ का २३ वर्षीय चन्द्रबहादुर विक र बस चालक सुन्दरहरैँचा १२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क