इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङ कारागारमा फैलियो कोरोना, एक जनाको मृत्यु

सुनसरी / विराटनगर महानगरपालिका- ८ स्थित जिल्ला कारागार मोरङमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । ज्वरोले प्रकोपको रूप लिएपछि उपचारका लागि कोसी अस्पतालमा भर्ना गरिएका कैदी बन्दीको एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ । उपचाररत १८ जनामध्ये १६ जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएसँगै कैदी बन्दीको अत्यधिक चाप रहेको कारागारभित्र कोरोना फैलिएको पुष्टि भएको हो । १०० डिग्रीभन्दा बढी ज्वरो आएपछि १९ जनालाई उपचारका लागि बिहीबार अस्पताल भर्ना गरिएको थियो । उपचारका लागि भर्ना गरिएकामध्ये एक जनाको मृत्यु भइसकेको छ । अन्य १८ जनाको आज (शुक्रबार) बिहान एन्टिजेन परीक्षण गरिएको छ । कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेललका अनुसार १८ जनाको परीक्षण गरिएकोमा १६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अन्य दुई जनालाई पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण छ । एन्टिजेन पोजेटिभ आएकालाई थप उपचारका लागि कोसी कोभिड अस्पताल रेफर गरिने उनले बताए । एन्टिजेन पोजेटिभ आएकालाई १०२ डिग्रीभन्दा धेरै ज्वरो छ । स्वास फेर्न गाह्रो हुने लगायत कोरोनासँग मिल्ने सबै खालका लक्षण रहेको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क