इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङ जलमग्न , एक जनाको मृत्यु, १५ सय घरपरिवार विस्थापित

सुनसरी / केहि दिनदेखि परेको अविरल वर्षाका कारण मोरङका धेरै स्थानहरु जलमग्न भएको छ । हिजो गछिया खोलाले बगाएर मोरङको सुन्दरहरैँचा- ६ सिसौघारीका ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको थियोे । बाढीका कारण मोरङ जिल्लाभर करिब १५ सय घर परिवार विस्थापितका छन् । विस्थापित परिवारलाई विद्यालय भवन, सरकारी कार्यालय लगायतका सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी (सिडियो) काशिराज दाहालले जानकारी दिए । हालसम्म १५ सय घरपरिवार विस्थापित भएको जानकारी प्राप्त भएको छ ।’ उनले भने, ‘विस्थापित परिवारहरुलाई विद्यालय, सरकारी कार्यालय लगायत अन्य सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ ।’ उनका अनुसार विराटनगर महानगरपालिकाका धेरै स्थानहरु डुबानमा परेका छन् । साथै कटहरी, ग्रामथान, बुढिगंगा, रंगेली, सुनबर्सी, कानेपोखरी , नगरपालिकाका जस्ता अधिकांश स्थान डुबानमा परेका छन् । साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय जनप्रतिनिधिहरुको सहयोगमा उद्धार तथा राहतको काम भइरहेको उनले बताए । नेपालमा मनसुन सक्रिय हुँदा देशका विभिन्न क्षेत्रहरुमा बाढी पहिरो र डुबानका समस्याहरु देखा परिरहेका छन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क