इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङ ३ मा राप्रपाकी रेखा थापाको पक्षमा महिलाहरूले गरे नाराबाजी

सुनसरी / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ३ की उम्मेदवार रेखा थापाको पक्षमा सुन्दरहरैंचाका महिलाले नाराबाजी गरेका छन् । यहीँ मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आज शनिबार घरदैलोकोका क्रममा सुन्दरहरैंचा- १२ पुगेकी थापालाई महिलाहरूले जिताउने प्रतिबद्धता समेत जनाएका छन् । रेखाको समर्थनमा नारा लगाउने स्थानीय शान्त चौधरी भन्छिन् 'धेरै पटक अरूलाई हेर्यौं अब एक पटक हाम्रो चेलीलाई, छोरी पनि जिताऊँ न त कतिसम्म गर्न सक्नुहुँदो रहेछ भनेर समर्थन गरेको हो, हामी उहाँलाई साथ दिन्छौ । उहाँ स्थानीय पनि हुनुहुन्छ । त्यै भएर पनि हाम्रोलाई हैन राम्रोलाई हेरौँ भनेर उनले भनिन् । प्रतिस्पर्दामा मोरङ क्षेत्र नम्बर- ३ मा नेकपा एमालेका भानुभक्त ढकाल र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डा. सुनील शर्मा चुनावी मैदानमा छन् । यही क्षेत्रकी बासिन्दा समेत रहेकी राप्रपाकी थापा चुनावी मैदानमा होमिदाँ चुनावी माहोल थप रोचक बनेको छ । यस्तै, बेलबारी, कानेपोखरी र पथरीका सुकुमबासी बस्तीका मतदाताले रेखाको पक्षमा हस्ताक्षर संकलन अभियानसमेत चलाएका छन् । अघिल्लो पटकको निर्वाचनमा विजयी भएका नेताले जनतालाई दिएको आश्वासन पूरा गर्न नसक्दा पुराना दलहरूप्रति मतदाता आक्रोशित छन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क