इन्फो नेपाल — सञ्चारको सञ्जाल

मौन अवधिमा साग केलाउँदै ओली !

काठमाडौं– निर्वाचनको अघिल्लो दिन आज शनिबार मौन अवधि चलिरहेको छ। यसले गर्दा चुनावी प्रचारप्रसार गर्न पाइँदैन। यस्तोमा शीर्ष नेताहरू फुर्सदिला देखिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीका गतिविधिले यसको पुष्टि गरेको छ। उनी अहिले भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा साग केलाइरहेका भेटिएका छन्। यसको जानकारी उनी आफैँले दिएका हुन्। ओलीले तीनवटा तस्बिर सामाजिक सञ्जालमा राखेका छन्। जसमा श्रीमती राधिका शाक्य पनि छिन्। एउटा तस्बिरमा ओली भान्सामा पसेर श्रीमतीलाई साग केलाउन सहयोग गरिरहेका छन्। ‘धेरै दिनपछिको फुर्सद। फुर्सदमा राधिकासँग साग केलाउँदै!’, उनले फेसबुकमा लेखेका छन्। आइतबार देशभर प्रतिनिधि सभा र प्रदेश सभाको मतदान हुँदैछ। ओली झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्। मतदान भने उनले बालकोटमै गर्नेछन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क