इन्फो नेपाल — सञ्चारको सञ्जाल

म्याग्दीमा सवारी दुर्घटना: एक जनाको मृत्यु, तीन घाइते

बेनी | म्याग्दीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जिल्लाको अन्नपूर्ण गाउँपालिका–७, टिकोटमा बुधबार बिहान बेनीतर्फ आउन लागेको ग १ ज ७९४५ नम्बरको बोलेरो जिप भिरालो सडकबाट पछाडि गुडेपछि भिरबाट खसेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका सोही गाउँका ६४ वर्षीय भीम बहादुर पाइजा पुनको उपचारको लागि बेनी अस्पताल ल्याइएको थियो। करिब १ बजे उनको बेनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। उनको अनुहार र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिए ।

रोकेर राखिएको जिप पछाडिपट्टि चिप्लिएर गुडेर सडकदेखि करिब पचास मिटर तल खसेको थियो। सोही दुर्घटनामा सामान्य घाइते भएका सोही वडाका ४१ वर्षीय कुमार पुनको बेनी अस्पतालमा उपचार भइरहेको छ भने सोही वडाका चालक ३६ वर्षीय केशव पुनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। सोही वडाका ७१ वर्षीय वीरबहादुर पुन सामान्य घाइते भएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क