इन्फो नेपाल — सञ्चारको सञ्जाल

म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्र - रवि लामिछाने

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आजदेखि आफू मौन नबस्ने बताएका छन्। बिहीबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले आफू अभिमन्यु नभएको बताएका छन्। उनले लखेका छन्- अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन। को हुन् अभिमन्यु ? 'अभिमन्यु' अर्जुन र सुभद्राका छोरा हुन्, जसलाई महाभारत युद्धको १३ औं दिनमा चक्रब्युहमा पारेर अग्रजहरुले हत्या गरेका थिए । महाभारत युद्धमा ४० वटा 'ब्युह'को प्रयोग भएको थियो जसमध्येको एक 'चक्रब्युह' गुरु द्रोणाचार्यले निर्माण गरेका थिए । चक्रब्युह एक प्रकारको सैनिक संरचना थियो जहाँ ठिकैका सैनिकहरुलाई अगाडीको घेरामा राखिन्थ्यो भने शक्तिशालीहरु बीचतिर र पछिल्लो घेरामा हुन्थे । अभिमन्युले चक्रब्यहको कथा उनी आमाको गर्भमा हुँदा नै सुनेका थिए । अर्जुनले पत्नी सुभद्रालाई युद्धमा चक्रब्युहमा पसेर निस्कने कथा सुनाउँदा सुनाउँदै उनी निदाएकीले अभिमन्युलाई कसरी पस्ने र युद्ध गर्ने थाहा भएपनि कसरी निस्कने भन्ने थाहा थिएन । उनी एक्लै भएको बेला चक्रब्युहमा पारियो । एक्लो अभिमन्युसँग सात जना नामी सारथीहरु लडे जुन युद्धको नियम बिपरित थियो । महाभारतमा बुँदागत रुपमा युद्धका नियमहरु बनाइएका थिए । नियमानुसार सूर्य उदाउनु अघि र अस्ताउनुपछि युद्ध गर्न पाइँदैन थियो । त्यस्तै एक्लो योद्धासँग एकभन्दा बढिले लड्न नपाउने नियम पनि थियो । अभिमन्युलाई यसरी मार्नुको परिणाम कौरब पक्षका योद्धाहरुले पनि करिब करिब त्यसैगरी भोगे । कर्णलाई बाण चलाउन लाग्दा अर्जुन रोकिए । 'किन रोकिएको ?' भन्ने श्रीकृष्णको प्रश्नमा अर्जुनले भने- 'कर्ण अहिले रथको खुट्टानिर छन्, उनको रथको खुट्टा भाँचिएको छ । म रथमा छु । रथ बाहिर भएको योद्धासँग लड्नु युद्धको नियम बिपरित हो ।' अर्जुनको भनाईमा श्रीकृष्णको जबाफ थियो- 'के अभिमन्युलाई मार्ने बेलामा यिनिहरुले युद्धको नियम पालना गरेका थिए ?' त्यसपछि अर्जुनले कर्ण र अन्य धेरैमाथि बाण चलाए...पाप र धर्मको युद्ध महाभारतमा पाण्डवहरुको जित भयो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क