इन्फो नेपाल — सञ्चारको सञ्जाल

यसरी हेर्न सकिन्छ एनटिटिभी विश्वकप फुटबल

काठमाडौं । नेपाल टेलिकमले एनटिटिभी ग्राहकहरुका लागि विश्वकप फुटबल प्याकेज सार्वजनिक गरेको छ । मंसिर ४ गते प्रारम्भ हुने विश्वकप हेर्न आफ्ना ग्राहकका लागि प्याकेज उपलब्ध गराउन लागिएको टेलकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिएका छन । विश्वकप हेर्न निर्धारित करसहितको शुल्क ५६५ रुपैयाँ तोकिएको छ । एनटिटिभीका ग्राहकले घरबाटै उक्त प्याकेज खरिद गर्न सक्नेछन भने यसका लागि कम्पनीको ग्राहक सेवा केन्द्रमा पुगिरहनु पर्ने बाध्यता छैन । प्याकेज खरिद गर्न हिमालयन एचडी टेलिभिजन च्यानलमा गएर ‘बाई प्याकेज’मा क्लिक गर्नुपर्छ । त्यसपछि त्यसमा आफ्नो मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ। आफ्नो मोबाइल नम्बर हालेपछि टेलिकमले पठाएको ओटिपीको प्रयोग गरी प्याकेज गरिद गर्न सकिनेछ। यो सेवा खरिद गर्दा ग्राहकको मोबाइल ब्यालेन्सबाट रकम काटिन्छ । उक्त प्याकेज खरिद गर्न प्रयोग भएको नम्बरमा कम्पनीका तर्फबाट २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जिबी डाटा समेत निशुल्क उपलब्ध गराइने प्रवक्ता अधिकारीले बताए । ग्राहकहरुले उक्त प्याकेज लिन नजिकैको ग्राहक सेवा केन्द्रमा गएर पनि रकम बुझाउन सक्छन ।

सम्बन्धित समाचार

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क