इन्फो नेपाल — सञ्चारको सञ्जाल

यस्तो छ भरतपुर र काठमाडौं महानगरको १ बजे सम्मको मत परीणाम

काठमाडौं: जताततै चुनाबी माहोल भएपनि देशभर काठमाडौं माहानगर र भरतपुर माहानगर निकै चर्चामा छ । दिउसो १ बजे सम्मको मत परीणाम अनुसार भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३,१२८ मतको अग्रता कायम गरेकी छन् भने काठमाडौं महानगरमा मेयरको स्वातन्त्र उम्मेदवार बालेन्द्र शाहले स्थापित भन्दा ११ बढी मतले अग्रता कायमै राखेका छन् । भरतपुर महानगर कुल ४१,४१४ मतगणना गर्दा दाहालले १५,७४७ मत पाएकी हुन् । यस्तै एमालेका विजय सुवेदीले १२,६१९ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६,५१३ मत पाएकी छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले अग्रता कायमै राखेका छन् । काठमाडौं महानगर कुल ५८ हजार ८५० मत गणना हुदा शाहाले २२ हजार ८४२ मत पाएका छन् उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशब स्थापितले ११ हजार ७६९ मत प्रप्ता गरेका छन् । त्यस्तै नेपाली कांग्रेसी उम्मेदवार सृजना सिहले १० हजार ९६८ मत पाएकी छिन । उपमेयरमा भने सुरु देखीनै सुनिता डंगोलले अग्रता कायम गरेकी छिन । उनले १९ हजार ९५६ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एकीकृत समाजबादीका रामेस्वर श्रेष्ठले ६ हजार ३१६ मत पाएका छन् ।

सम्बन्धित समाचार

काठमाडौं–तराई द्रुतमार्गको प्रगति ५१ प्रतिशत पुग्यो, सबैभन्दा लामो महादेवटार सुरुङ छिचोलियो

काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गअन्तर्गत सबैभन्दा लामो मह…

इन्फो नेपाल संवाददाता

गाडीमा सिट नपाउँदा बाँचे अवधेश, छठ मनाउन पठाएका श्रीमती, छोरी र भाइहरू फर्किएनन्

हेटौँडा । छठ पर्व मनाउन सर्लाहीस्थित घर जाने सबै तयारी पूरा भइसकेको थियो। कपडा र पूजाका लागि आवश्यक सामग्री मिलाएर राखिएका थिए। बुधबार राति करिब १ बजे उठेर अवधेश यादवले श्रीमती पुन…

बसन्त भण्डारी

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते