इन्फो नेपाल — सञ्चारको सञ्जाल

यस्तो छ रातमा धेरै पिसाब लाग्ने कारण

काठमाडौं: जापानका डाक्टरहरुका अनुसार रातमा पटक पटक पिसाब गर्न उठिरहनुपर्छ भने उनीहरुले खानमा नुनको मात्रा कटौती गर्नु आवश्यक हुन्छ । यो समस्यालाई नोक्चुरिया भनिन्छ । यसले मानिस ६० वर्ष कटेपछि बढी प्रभावित पार्छ । यसबाट पीडित मानिसको निन्द्रा विग्रन्छ र मानिसको जीवनलाई समेत प्रभावित गर्छ । यो अध्ययन तीन सय भन्दा धेरै मानिसमा गरिएको थियो । शोधकर्ताले अध्ययनका क्रममा जसले नूनको मात्र कम गरेका छन् उनीहरुलाई रातिको समयमा पटक पटक पिसाबका लागि उठ्न पर्ने समस्याबाट हल मिलेको छ । बेलायतका डाक्टरका अनुसार पनि सही खानपानले यस समस्यालाई कम गर्न सकिन्छ । नागासाकी विश्वविद्यालयका डाक्टरहरुले आफ्नो अध्ययनको नतिजालाई लण्डनको यूरोपियन सोसाइटी अफयूरोलोजीमा प्रस्तुत गरेका थिए । अध्ययनका क्रममा जो धेरै नूनको प्रयोग गर्छन उनीहरुलाई विरामीको रुपमा तीन महिनासम्म निगरानी गरिएको थियो । उनीहरु निन्द्राको समस्याबाट पीडित बनेका थिए । उनीहरुलाई खानपानमा नूनको मात्र घटाउन लगाइयो । यसपछि रातमा पटक पटक उठ्नु पर्ने बाध्यताबाट केही मात्रमा भए पनि छुटकारा भयो । अध्ययनमा संलग्न मात्सुओ तोमोहिरोले यसको पुष्टि गरे र यसका लागि थप अनुसन्धान जरुरी भएको बताए । उनले यसबाट बुढ्यौलीमा हुने समस्या हल हुने जनाए । उनले आहारमा हेरचाह गर्ने हो भने जीवनका कयौं मामलालाई ठिक रुपमा अगाडि लान सकिने बताए ।

सम्बन्धित समाचार

७४ जिल्लामा फैलिएको स्क्रब टाइफस : ज्वरो आए बेवास्ता नगर्न चिकित्सकको सुझाव

बागमती |नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तथ्यांकसम्म ९ हजार ९…

इन्फो नेपाल संवाददाता

असारको अन्तिम दुई सातामा अनुगमन तीव्र, आठ व्यवसायलाई सात लाख ८० हजार जरिवाना

हेटौँडा । पिज्जामा साङ्ला भेटिएको उपभोक्ताको गुनासोदेखि अनुमतिबिनै सवारी चालक अनुमतिपत्रका सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको घटनासम्मले असारको अन्तिम दुई साता मकवानपुरमा बजार त…

बसन्त भण्डारी

English

Natural Remedies for Viral Fever: Using Herbs and Spices

Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…

Info Nepal

राति बत्ती बालेर सुत्ने बानीले मुटुरोगको जोखिम बढाउने

काठमाडौं | राति बत्ती बालेर सुत्ने बानीले मुटुसम्बन्धी रोगको जोखिम उल्लेखनीय रूपमा बढाउने तथ्य सार्वजनिक भएको छ। बेलायतका वैज्ञानिकहरूले यूके बायोबैंकका करिब ८९ हजार सहभागीहरूमाथि…

इन्फो नेपाल संवाददाता