इन्फो नेपाल — सञ्चारको सञ्जाल

याद गर्नुहोस्, यसो गरे मतपत्र बदर हुन्छ!

काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अब १० दिन मात्र बाँकी छ । उमेदवारहरू मत माग्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् । प्रचारप्रसार गरिरहेका छन् । निर्वाचन आयोगले मतदानका लागि आवश्यक तयारी गरिरहेको छ । मंसिर ४ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । आयोगले मतपत्र बदर हुने अवस्थाका बारेमा जानकारी गराएको छ । मतदान गर्दा ध्यान दिनुपर्ने कुराबारे आयोगले सजग गराएको हो । मतपत्र बदर हुने अवस्था–
  • मतपत्र च्यातिएमा,
  •  मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएमा,
  •  दुईवटा निर्वाचन चिह्न रहेको कोठाको बीचमा पर्ने गरी मतसंकेत गरेमा,
  •  स्वस्तिक छाप नबुझिने गरी लतपतिएमा,
  •  एकभन्दा बढी चिह्नमा मतसंकेत गरेमा,
  •  निर्वाचन चिह्न रहेको कोठाभन्दा बाहिर मतसंकेत गरेमा,
  •  मतपत्रमा स्वस्तिक छापबाहेक अरू कुनै संकेत जस्तै : औँठाछाप, हस्ताक्षर आदिले मतसंकेत गरेमा ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क