इन्फो नेपाल — सञ्चारको सञ्जाल

यी हुन् लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने उम्मेदवार

काठमाडौं - रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न जिल्लाका प्रतिनिधि सभा क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने उम्मेदवारका नाम सार्वजनिक गर्न थालेको छ। काठमाडौं क्षेत्र नम्बर १ बाट पुकार बम उठ्दैछन्। उनी सत्याग्रही अभियन्ता पनि हुन्। यस्तै काठमाडौं क्षेत्र नम्बर १० बाट सामाजिक अभियन्ता प्रदीप विष्ट उम्मेदवार हुने उक्त पार्टीले जानकारी दिएको छ। शिक्षा अभियन्ता तथा उद्यमी शिशिर खनाल काठमाडौं ६ मा उठ्दैछन्। टिचफर नेपालका सहसंस्थापक खनालले राष्ट्रिय स्वतन्त्र पार्टीकै चुनाव चिन्ह घन्टीमा चुनाव लड्ने तयारी गरेका छन्। पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारी गरेका छन्। यस्तै डाक्टर तेसिमा कार्कीले ललितपुर ३, कमेडियन हिमेश पन्तले धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तय भएको स्वतन्त्र पार्टीले बताएको छ। बागलुङ २ बाट सामाजिक अभियन्ता तिला खत्री, मुस्ताङबाट ग्रामीण क्षेत्र विकासका विद्यार्थी सुदेश गुरूङ र सिन्धुपाल्चोकबाट पर्वतारोही माया गुरूङ उम्मेदवार हुने टुंगो लागेको छ। स्याङ्जा क्षेत्र नम्बर १ बाट बोधराज रेग्मी र क्षेत्र नम्बर २ मा टिकराज गुरूङले उम्मेदवारी दिने तयारी गरेका छन्। झापाबाट अहिलेसम्म तीन जनाले उम्मेदवारी दिने भएका छन्। झापा ४ बाट पूर्वप्रहरी शम्भुप्रसाद ढकाल, झापा ३ बाट कृषक प्रकाश पाठक र झापा १ बाट ओमनाथ भण्डारीले उम्मेदवारी दिने राष्ट्रिय स्वतन्त्र पार्टीले बताएको छ। पार्टीका सभापति रवि लामिछाने कहाँबाट चुनाव उठ्ने भन्ने टुंगिएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीले सकेसम्म धेरै क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवार उठाउने तयारी गरेको छ। निर्वाचन आयोगले असोज २३ मा उम्मेदवारको मनोनयन गर्ने बताएकोले त्यसअघि अधिकांश क्षेत्रका उम्मेदवार तय भइसक्ने उक्त पार्टीले जनाएको छ। मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभामा चुनाव नलड्ने बताइरहेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क