इन्फो नेपाल — सञ्चारको सञ्जाल

युएईमाथि रोमाञ्चक जित हात पार्दै नेपाल पुग्यो विश्वकपमा

काठमाडौं । नेपालले आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने यु-१९ विश्वकप क्रिकेटको यात्रा तय गरेको छ । बिहिबार एसिया क्षेत्र छनोट अन्तर्गत अन्तिम खेलमा युएईविरुद्ध ७ रनको रोमाञ्चक जित हात पार्दै नेपाल विश्वकपमा छनोट भएको हो । अब नेपालले सन् २०१६ पछि पहिलो पटक विश्वकप खेल्ने छ । अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९१ रन बनाएको थियो । नेपालका लागि कप्तान देव खनालले ५१ रन बनाएका थिए । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको थियो । जसमा नेपाल यसअघि खेलेका चार वटै खेलमा विजयी भएको थियो । नेपालले यसअघि सिङ्गापुर, कुवेत, हङकङ र मलेसियालाई पराजित गरेको थियो ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क