इन्फो नेपाल — सञ्चारको सञ्जाल

युवराज सफल पनि अब स्वतन्त्र पार्टीमा

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पटक-पटक मुद्दा हाल्दै आएका युवराज पौडेल (सफल)ले सोही पार्टीसँग मिल्दोजुल्दो नाम राखेर अर्को पार्टी खोल्न्ने भएका छन् । उनले खोल्न लागेको नयाँ दलको नाम ‘स्वतन्त्र नेपाली पार्टी’ राखिएको छ । पार्टी दर्ताको प्रक्रिया अघि बढिसकेको र पार्टीको नीति मौलिक हुने उनले जानकारी दिएका छन् । उनले आफ्नो पार्टीले कुनै पनि आयातीत वाद नअँगाल्ने उनले बताएका छन् । पार्टीको सिद्धान्त नेपालवाद रहने उनले बताए । पार्टीले राजालाई पनि स्थान दिने उनको भनाइ छ । सफलले सामाजिक सञ्जालमा पार्टीको सदस्यताको आह्वान पनि गरेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क