इन्फो नेपाल — सञ्चारको सञ्जाल

रंगेलीमा मोटरसाइकल दुर्घटना हुँदा नाबालकको मृत्यु, आमासहित दुई जना घाइते

सुनसरी / मोरङको रंगेलीमा दुर्घटना हुँदा नाबालकको मृत्यु भएको छ भने नाबालककी आमासहित दुई जना घाइते भएका छन् । बिहीबार दिउँसो रंगेली नगरपालिका- २ मंगलबारेमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख २६२६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको को २४ प ९४६२ नम्बरको मोटरसाइकल एकअपासमा ठोक्किएर दुर्घटना जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ । दुर्घटनामा सुनवर्षी नगरपालिका- ४ घर भइ विराटनगर महानगरपालिका- ४ कञ्चनबारीमा डेरा गरी बस्ने बबिता राजवंशीका छोरा ३ वर्षीय दीक्षा राजवंशीको मृत्यु भएको हो । दुर्घटनामा नाबालक दीक्षा गम्भीर घाइते भएका थिए । विराटनगरको गोल्डेन अस्पतालमा उपचारका क्रममा बिहीबार राति साढे ८ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटनामा परेर नाबालककी आमा अन्दाजी ३० वर्षीया बबिता गम्भीर घाइते भएकी छन् । गोल्डेनबाट बबितालाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल रेफर गरिएको छ । उनको दाहिने खुट्टाको घुँडादेखि तलको भाग कच्याककुचुक भएको अस्पतालले जनाएको छ । आमा–छोरा मोटरसाइकलको पछाडि सवार थिए । दुर्घटनामा मोटरसाइकल चालक विराटनगर कञ्चनबारीका अन्दाजी ४६ वर्षीय दिनेश राजवंशी पनि घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सामान्य अवस्थाका उनको गोल्डेनमै उपचार भइरहेको छ । दुर्घटनालगत्तै बस र चालक रंगेली- ७ का ३८ वर्षीय गंगाराम श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । सडकको खाल्डाखुल्डीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यकिन भएको छ ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क