इन्फो नेपाल — सञ्चारको सञ्जाल

रबि लामिछाने प्रचण्ड बिरुद्द उठ्दै

काठमाण्डौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभाको चुनावमा राष्ट्रीय स्वतन्त्र पार्टिका केन्द्रीय सभापती रबी लामीछाने चितवनबाट नै नेपाल कम्युनिष्ट पार्टि माओवादिका अध्यक्ष पुष्प कमल दहाल प्रचण्ड बिरुद्वमा उठ्ने भएका छन्। गोप्य स्रोत अनुसार लामीछाने चितवनबाट नै चुनाव लडी प्रचण्डलाई हराउने दाउमा छन्। पटक- पटक चुनाव जितेर पनी माखो नमारेको भन्दै लामीछाने पुर्व प्रधानमन्त्रीको किल्लाबाट नै चुनाव लड्न लागेका हुन्। यस अघी अनौपचारिक कुनै कार्यक्रममा बोल्दै लामिछानेले ,” म ठुला दलका ठुलै नेताको क्षेत्रबाट चुनाव लड्नुपर्छ भनेर बोलेका थिए । त्यो बोली अहिलेको स्रोत अनुसार सत्य सावित भएको छ । राष्ट्रीय स्वतन्त्र पार्टि नयाँ पार्टी भएकाले पछि हट्ने सोचेका शिर्षस्त नेताहरुलाई यो ठुलै झड्का हो । यस पार्टिले प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रमा मात्रै भाग लिने तर प्रदेश स्तरकोमा नलिने समेत जनाएको छ । माओवादीका अध्यक्ष प्रचण्डका बिरुद्वमा नै लामीछाने उठ्ने स्रोतले दावि गरेसँगै अब दलमा समेत हलचल उत्पन्न हुन थालेको छ । सबै पार्टिले लामीछानेलाई तारो बनाएको परिपेक्षमा यो निर्णय झन् गहकिलो बनेको छ । चुनाव कस्ले बाजि मार्ला त्यो अनुमान गर्न सकिन्न तर लामीछाने कुनै समय झमेला पर्दा समर्थकहरुले देखाएको त्यो मायाले चितवनमा आगामि चुनाव अझा प्रतिस्पर्धात्मक र रोचक बन्ने छ भन्नमा कन्जुस्याइँ गर्दैनौं ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क