इन्फो नेपाल — सञ्चारको सञ्जाल

रविलाई गृहमन्त्रालय नै दिएर सरकारमा फर्काउने तयारीमा प्रचण्ड

काठमाडौं - डेढ महिना नहुँदै सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउने तयारी भएको छ । समर्थन तत्काल नगर्ने तरिकाले सरकारबाट केही दिनअगाडी मात्रै बाहिरिने निर्णय गरेको रवि लामिछाने नेतृत्वको रास्वपालाई सरकारमा ल्याउने गरि तयारी भइरहेको हो । प्रचण्डनिकट स्रोतका अनुसार उनलाई पुन गृहमन्त्रालय नै दिने गरी सरकारमा ल्याउने तयारी भइरहेको छ । सरकारबाट बाहिरीए पनि समर्थन फिर्ता नलिएका कारण प्रचण्ड सरकार संकटमा भने छैन । त्यस्तै सूचना तथा संचारमन्त्री रेखा शर्माले पनि रास्वपालाई सरकारमा ल्याउने कोशिस भइरहेको जानकारी दिइन् । रविलाई सरकारमा ल्याउन राजनीतिक ढंगबाट पहल भइरहेको समेत उनले जानकारी दिएकी छन् । रविले गृहमन्त्रालय नपाउने भएपछि सरकार छाडेको कतिपयले विश्लेषण पनि गरेका छन् । माओवादीले सरकारमा ल्याउने पहल गरेपनि रविले भने आफूले उपचुनाव नजितेसम्म कुनै पदमा नबस्ने घोषणा गरिसकेका छन् । नागरिकता विवादमा मुछिएका रविलाई सर्वोच्चले मन्त्री र सांसद पद नरहने गरेर फैसला गरेको थियो । उनले गत प्रतिनिधिसभा निर्वाचन-२ बाट जितेको ठाउँबाट उपचुनाव भिड्दैछन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क