इन्फो नेपाल — सञ्चारको सञ्जाल

रविले दिए प्रहरीलाई फूल उपहार

काठमाडौं: नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा हाई प्रोफाइकै संलग्नता देखिएपछि नागरिकहरु स्वतस्फूर्त आन्दोलनमा उत्रिएका छन् । आज (शनिबार) भ्रष्टाचारविरुद्धको आन्दोलन काठमाडौं, रुपन्देही, सिन्धुली लगायतका जिल्लाहरुमा भएको थियो । सोही क्रममा काठमाडौंमा भएको आन्दोलनमा नागरिकको हैसियतामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पनि सहभागी भएका थिए । आज काठमाडौंको माइतिघर र नक्सालमा प्रदर्शन भएको थियो । सो क्रममा प्रदर्शनकारीहरुले प्रहरी अनुसन्धानमा दवाब र प्रभाव पर्न नदिन खबरदारी गरेका थिए । प्रदर्शनमा सहभागी भएका लामिछानेले अनुसन्धानमा कुट्टा नकमाउन आग्रह गर्दै प्रहरीलाई फूल उपहार दिएका थिए । साथै, प्रदर्शनमा सहभागी अन्यले पनि प्रहरीलाई धन्यवाद दिँदै फूल उपहार दिएका थिए । प्रदर्शनको उक्त फरक शैली रोचक देखिएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क