इन्फो नेपाल — सञ्चारको सञ्जाल

रवि पक्राउ पर्ने हल्लाले रास्वपामा हलचल

काठमाडौं | सहकारी बचत अपचलन प्रकरणमा गोर्खा मिडिया ग्रुपका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीको गिरफ्तारीपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्भावित गिरफ्तारीको चर्चाले पार्टीमा तरंग ल्याएको छ। सहकारी छानबिन विशेष संसदीय समितिले जीबी राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र लामिछानेले समेत हस्ताक्षर गरेर खर्च गरेको ठहर गरेपछि कानूनी कारबाहीको सिफारिस गरेको थियो। यसै सिफारिसका आधारमा छविलाल जोशीलाई पक्राउ गरिएको र लामिछानेलाई पनि गिरफ्तार गर्न सक्ने आशंका गरिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार लामिछानेलाई सम्भावित गिरफ्तारीबारे सूचित गरिएको छ। कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिन प्रहरी टोली खटाइएको जानकारी प्राप्त भएको छ। यस परिस्थितिलाई मध्यनजर गर्दै रास्वपाले आफ्ना कार्यकर्तालाई केन्द्रीय कार्यालयमा भेला बोलाएको छ। पार्टीले आन्तरिक रणनीति बनाउन थालेको छ। हाल लामिछाने बनस्थलीस्थित पार्टी कार्यालयमा नेताहरूसँग आन्तरिक छलफलमा व्यस्त रहेका छन्। पार्टी कार्यालय अगाडि कार्यकर्ता र लामिछानेका शुभचिन्तकहरूको बाक्लो उपस्थिति देखिएको छ। सम्भावित गिरफ्तारीको खबरले रास्वपामा हलचल मच्चाएको छ र पार्टी नेतृत्व आगामी कदमबारे गम्भीर छलफलमा जुटेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क