इन्फो नेपाल — सञ्चारको सञ्जाल

रवि लामिछानेको उम्मेदवारी रद्द हुन सक्ने

काठमाडौं । चितवन–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको प्रश्न उठेपछि गम्भीर नैतिक र कानुनी प्रश्न खडा भएको छ । लामिछानेले पुरानै नागरिकता निर्वाचन आयोगमा पेश गरी दल र उम्मेदवारी दर्ता गरेको आशंका छ । यता अमेरिकाको नागरिकता त्यागेको कानुनी प्रमाणसमेत निर्वाचन आयोगमा पेश गरेका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै मंगलबार निर्वाचन आयोगमा उजुरीसमेत परेको छ । सन् २००२ मा लामिछाने ‘भिजिट भिसा’मा अमेरिका गएका थिए । अमेरिका पुगेपछि नेपाली नागरिकता कायमै राखेर अमेरिकी नागरिकता लिएको दाबी उजुरीमा छ । विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नागरिकता ऐन अनुसार नेपालको नागरिकता अनिवार्य रुपमा त्याग्नुपर्छ । लामिछानेले नेपालको नागरिकता त्याग गरेको प्रमाण आयोगमा पेश गर्न नसकेको भन्दै उम्मेदवारी स्वतः खारेज हुनेपर्ने मागसहित राजकुमार पाण्डेले उजुरी दिएका हुन् । लामिछानेले मुखले नागरिकता त्यागेको बताए पनि प्रक्रियागत रुपमा काम पूरा गरेको बिषयमा गम्भीर आशंका छ । उनी नेपाल फर्कदा अमेरिकी नागरिककै हैषियतमा फर्किएका थिए । लामिछानेले आफ्नो पासपोर्ट काठमाडौंस्थित अमेरिकी दूतावासमा बुझाएको बताउँदै आएका छन् । तर दुतावासले अमेरिकी नागरिकता रद्द गरेको जानकारी दिएको बिषयमा शंका उब्जिएको छ । उनले नागरिकता बुझाउँदैमा मौखिक रुपमा नागरिकता रद्द भएको मानिँदैन । अमेरिका पुगेर त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्यागेको प्रमाण पनि उनले देखाउन सकेका छैनन् । चुनाव लड्नका लागि अमेरिकाको नागरिकता त्यागेको स्पष्ट प्रमाण पेश गरी नयाँ नेपाली नागरिकता प्रमाणपत्र लिएको सक्कल प्रमाण पेश गर्नुपर्छ । लामिछानेले बुझाएको नागरिकता शंकाको घेरामा छ । ऐनका जानकार सर्वोच्च अदालत बारएशोसिएसनमा आबद्ध एक जना वरिष्ठ अधिवक्ताले बताए अनुसार लामिछानेले कथङकदाचीत अमेरिकी नागरिकता त्याग गरेको भए पनि कानुनी प्रक्रिया पुरा गरी पुनः नेपालको नयाँ नागरिकता लिएको हुनुपर्छ । ति वरिष्ठ अधिवक्ताका अनुसार कुनै पनि नेपाली नागरिकले विदेशी नागरिकता लिइसकेपछि त्यो नेपाली नागरिकता स्वतः खारेज हुन्छ । ‘विदेशी नागरिकता लिएको व्यक्तिले नेपाल फर्केर विदेशी नागरिकता त्याग गरेपछि पुनः नयाँ नेपाली नागरिकता लिनुपर्छ । खारेज भइसकेको पुरानो नेपाली नागरिकता मान्य हुँदैन,’ ति वरिष्ठ अधिवक्ताले भने, ‘रविजीको हकमा तिनवटा आशंका जन्मिएका छन् । पहिलो अमेरिकाको नागरिकता विधिवत रुपमा रद्द भएको छ छैन भन्ने । दोस्रो रद्द भएको भए पनि पुरानो नागरिकताको प्रयोग भयो कि भन्ने र तेस्रो नेपालमा फर्केपछि नयाँ नागरिकता बनाउनुभएको बिषयमा पनि गंभरि प्रश्न छ ।’ उनले भारतीय नागरिकता लिई पुनः नेपालमा फर्केर चुनाव लडेको अवस्थामा हङ्गामा हुने तर अमेरिकाको नागरिकता भएका कारण गुपचुप र सामसुम पार्ने प्रवृत्ति रहेको पनि बताए । निर्वाचन आयोगमा उजुरी परेपछि यस्तो जटिल विवाद नटुङ्ग्याई मतदानमा जाँदा या कदाचित चुनाव जितेको अबस्थामा भोली जटिल समस्या आउन सक्ने देखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रश्न उठाएर निर्वाचन रद्द भई पुनः निर्वाचन गर्नुपर्ने अबस्था आउनसक्छ । गम्भीर र जटिल प्रश्न उठिसकेपछि लामिछानेले चित्तबुझ्दो स्पष्टीकरणसहित प्रमाण आयोगमा नदिएसम्म उम्मेदवारी कायम राख्न नहुने आवाजहरु नागरिक तहबाट उठिरहेका छन् । यसैविच आयोगले लामिछानेविरुद्धको उजुरीलाई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिसकेको छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क