इन्फो नेपाल — सञ्चारको सञ्जाल

रवि लामिछानेको नागरिकताबारे अख्तियारले गृह र परराष्ट्रलाई पठायो पत्र 

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।  आयोगमा दर्ता भएको उजुरीलाई आधार मानेर सम्बन्धित मन्त्रालयलाई अनुसन्धान गर्न पत्र पठाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। अख्तियारले भ्रष्टाचारका विषयमा अनुसन्धान गर्ने भएकाले नागरिकतासम्बन्धी विवाद के हो भनी पत्र पठाएको उनले बताए। आयोगले गैरकानुनी सम्पत्ति आर्जन, सरकारी स्रोतको दुरुपयोग गरी भ्रष्टाचार र अनियमिततासम्बन्धी अनुसन्धान गर्ने भएकाले अधिकार क्षेत्र भएको निकायलाई नै अनुसन्धान गर्न पत्र पठाइएको प्रवक्ता भण्डारीको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानेको नागरिकता र राहदानी विवादबारे नेपाल प्रहरीले पनि अनुसन्धान गरिरहेको छ। अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता नलिएको आरोप उनीमाथि छ। खारेज भएकै नागरिकताका आधारमा निर्वाचनमा समेत भाग लिएर दुरुपयोग गरेको आरोप उनीमाथि छ। अख्तियारले नागरिकता वितरणदेखि त्यससम्बन्धी विवादमा अनुसन्धान गर्ने निकाय गृह मन्त्रालय भएको भन्दै उतै पत्र पठाएको हो। त्यस्तै, उनको नागरिकता विवाद अमेरिकाको स्थायी प्रमाणसँग पनि जोडिएकाले परराष्ट्रमा समेत पठाइएको हो। लामिछाने लामो समय अमेरिकामा बसोबास गरेर नेपाल फर्केका हुन्। उनले नेपालमा रहँदा नागरिकता विवादको कुरा उठेपछि अमेरिकी स्थायी आवास सम्बन्धी विवरण बुझाएका थिए। नागरिकता विवादमा उनी दोषी देखिएमा नागरिकता ऐनअनुसार सजाय हुनेछ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क