इन्फो नेपाल — सञ्चारको सञ्जाल

'रवि लामिछानेको स्वतन्त्र पार्टीको राजावादीसँग घाँटी जोडिएको छ' - ईन्द्र बानियाँ

हेटौँडा । नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवम् पाँच दलीय गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा उम्मेदवार ईन्द्रबहादुर बानियाँले राष्ट्रिय स्वतन्त्र पार्टीको राजावादीहरुसँग साँठगाँठ रहेको दाबी गरेका छन् । आफूलाई नयाँ तथा स्वतन्त्र राजनीतिज्ञको रुपमा चित्रण गर्ने रबि लामिछानेले गणतन्त्र र धर्मनिरपेक्षताविरोधी तत्वसँग मिलेर लोकतान्त्रमा विश्वास गर्नेहरुमाथि भ्रम फिँजाएको बानियाँको भनाई छ । मनहरी गाउँपालिकामा भएको चुनावी सभामा बोल्दै बानियाँले भने, ‘रवि लामिछानेको स्वतन्त्र पार्टीको राजावादीसँग घाँटी जोडिएको छ, त्यो पार्टीले संघीय ब्यवस्था हटाउन प्रदेशमा उम्मेदवारी दिएन, कांग्रेस हुँ भन्दै अरु नै चिन्ह लिएर उठ्नेहरुसँग भ्रममा नपर्नुहोला ।’ लामिछानेले राजावादी पार्टीहरुले बोकेको संघियता खारेजीको मुद्धा बोक्नु नै उनको पूर्वराजा र राजावादी समूहसँगको सम्वन्ध निकट रहेको स्पष्ट भइसकेको भन्दै बानीयाँले झुटको खेती गर्नहरुलाई लोकतन्त्रमा विश्वास राख्ने जनताले पाखा लगाईदिने बताए । लोकतन्त्रको लागि लडेकाहरुको गठवन्धन विरुद्ध राजासँग घाँटी जोडिएका दलहरु भिडन नसक्ने भन्दै उनले मंसिर ४ पछि भ्रम छर्नेहरु छर्लङ्ग हुने बानियाँको भनाई थियो ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क