इन्फो नेपाल — सञ्चारको सञ्जाल

रवि लामिछानेलाई गगन थापाको प्रश्नै प्रश्न

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा किन गएको भन्दै प्रश्न गरेका छन्। र, सरकारको समर्थन फिर्ता नलिएको भन्दै रास्वपाप्रति असन्तुष्टि पनि जनाए। उनले बुधबार राजधानीमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा उक्त प्रश्न गरका हुन्। महामन्त्री थापाले भने, ‘पूराना नेताहरुलाई नो नट अगेन भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा किन गएको? सरकारमा किन गएको भनेर भन्न नपर्ने। सरकारमा गएको मान्छे फेरी किन बाहिर गएको? अनि अहिले सरकारबाट बाहिर किन गएको भन्दै गर्दाखेरी हामीसँग गरिएको सहमती पालना भएन भन्ने। सहमती कसले पालना नगरेको? प्रधानमन्त्रीले पालना नगरेको। सबैभन्दा बढि रिसाउनुपर्ने प्रधानमन्त्रीसँग होइन?’ उनले सरकार छोडेर पनि सरकारको समर्थन फिर्ता नगरेकोप्रति पनि असन्तुष्टि जनाएका थिए। ‘अनि अहिले सरकार छोडदै गर्दा सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने होइन कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाँही प्रश्न सोध्नै नहुने हो?’, महामन्त्री थापाले भने। महामन्त्री थापाले लोकतन्त्रको रक्षाका लागि प्रेसमा पनि सुधार आवश्यक भएको बताए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क