इन्फो नेपाल — सञ्चारको सञ्जाल

रवि लामिछानेलाई लक्षित गर्दै ओलीको यस्तो व्यंग्य

काठमाडौं : टेलिभिजन छाडेर राजनीतिमा प्रवेश गरेका सञ्चारकर्मी रवि लामिछानेलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यंग्य प्रहार गरेका छन्। एमाले अध्यक्ष ओलीले लामिछानेको नाम नलिइकन 'भलमा माछा मार्न' खोजेको टिप्पणी गरेका हुन्। लामिछानेले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै उम्मेदवार हुन चाहने स्वतन्त्रहरूलाई पार्टीमा आउन आह्वान गरेका थिए। एमाले अध्यक्ष ओलीले टंकप्रसाद आचार्यको स्मृतिमा बिहीबार आयोजित कार्यक्रममा स्वतन्त्रहरूको पार्टी खोल्न लागिएको विषयमा व्यंग्य कसेका हुन्। 'स्वतन्त्रको जमाना आयो, स्वतन्त्रको जमाना आयो भने अनि स्वतन्त्र पनि पार्टी नभइ हुँदैन है भनेर स्वतन्त्रहरूको पनि पार्टी भएपछि... म पनि त स्वतन्त्र नै हुँ नि, परतन्त्र छु र पराधीन छु र...म पनि स्वतन्त्रै हो', ओलीले भने, 'अलिकति एम्बिसन युवामा हुनु अस्वाभाविक होइन। एम्बिसियस युवाहरूले यस भलमा आएका माछा मैले समाउन सक्छु कि त भन्ने हिसाबले यो स्वतन्त्रहरूलाई पनि किन छरिन दिने... आफूसँग एउटा मिडिया छ। यता उता छ। मिडियाबाट चिनिएको पनि छ। यस भललाई छोपेर ठ्याक्क (पार्न खोजियो।)' उनले अधिनायकवादमा मात्र उडन्ते ढंगले (बाइ फ्लुक) अनेक विषय आउने दाबी गरे। 'म कसैलाई अपमान गर्न चाहन्नँ। कहीँ खेलाडी आउँछ, कहीँ कलाकार आउँछ, कहीँ के आउँछ... त्यो एकछिनका लागि आउँछ', ओलीले प्रश्न गरे, 'के त्यसले देशलाई ड्राइभ गर्छ त? विचार हुन्छ ऊसँग, त्यो विचार बोक्ने संगठन हुन्छ, संगठन गतिशील बनाउने शैली हुन्छ? त्यसकारण हाम्रोमा पत्रकारिताको आकर्षकै जागिर होला छाडेर राजनीतिमा... तिमीहरू राजनीतिकर्मीहरू भनेको नालायक हौ भनेर हामीजस्ता लायकहरू देश दुनियाँ बुझेका भनेर आएका साथीहरू यसो थोत्रो फालिएको राजतन्त्रको उत्खनन् गर्न पुगेका छन् नि त वैचारिक हिसाबले। विचार विनाको राजनीति त्यस्तो हुन्छ के।'

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क