इन्फो नेपाल — सञ्चारको सञ्जाल

रवि लामिछाने गृहमन्त्री बने लगत्तै शीतलनिवास अगाडि प्रदर्शन

काठमाडौं । गृहमन्त्री रवि लामिछाने गृहमन्त्री बनेलगत्तै उनको गृहनगर चितवनमा खुशीयाली छाइरहँदा काठमाडौँमा भने उनको विरुद्धमा प्रदृशन सुरु भएको छ । गृहमन्त्री लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन भएको छ । प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघका नेता भुवन भट्ट, मनिष रायमाझी र विक्रम आदित्य सिंह गिरी रहेका छन् । गृहमन्त्री लामिछानेको शपथ ग्रहण चलिरहँदा नेविसंघका नेताहरुले शीतल निवास अगाडि प्रदर्शन गरेका थिए । यसैबिच नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड सरकारको उप–प्रधान तथा गृहमन्त्री बने लगत्तै रवि लामिछानेले निर्मला पन्तको बलात्कार हत्याबारे न्यायिक छानबिन गर्ने बताएका छन् । गृहमन्त्रीको कार्यभार समाल्दै लामिछानेले उक्त निर्णय गरेका गृह मन्त्रालयका प्रवक्ता सह–सचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए । गृह मन्त्रालयका प्रवक्ता सह–सचिव फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्री ज्यूले ‘निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने निर्णय गर्नुभएको छ’ । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । पन्तका दोषीलार्य अहिलेसम्मका सरकारले त्यति तत्परता देखाएर खोजी नगरेको नागरिक स्तरबाट आवाज उठ्दै आएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क