इन्फो नेपाल — सञ्चारको सञ्जाल

रवी लामिछानेले रोजे यो पार्टी, दिए अन्य दललाई कडा दनक

काठमाडौँ । चर्चित संचारकर्मी रवि लामिछानेले अब ठूला दल र आफ्नो, तेरो मेरो नभनी विकल्प खोज्नुपर्ने बेला आएको बताएका छन् । समाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै रविले ठुला दलहरु भन्दै हिँड्ने समय सकिएको दाबी गरे । फेसबुकमा रविले स्टाटस लेख्दै र्यापर इञ्जिनियर बालेन शाहको तारिफ गर्दै उनलाई सर्मथन समेत गरेका छन् । रविले लेखेका छन् ठुला दल कांग्रेस र एमाले एकातिर अनि विकल्प भन्दै वा खोज्दै राजनीति गरिरहेका अन्य दल र ब्यक्तीहरु अर्का तिर। जनताको म्यासेज क्लियर कट रूपमा देखिनकालागि पनि काठमाडौँमा कांग्रेस र एमाले बाहेकका दल र उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिएर स्वतन्त्र युवा उमेदवार बालेन शाहलाई समर्थन गरि त्रिपक्षिय भिडन्तका लागि मैदान खालि गरिदिन हुन म व्यक्तिगत रुपमा अनुरोध गर्दछु। रविले अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा पनि वैकल्पिक शक्तिबाट उदाएका नेताहरुलाई सर्मथन गरेका थिए भने अहिले स्वतन्त्र उम्मेदवार बालेनको पक्षमा बोलीरहेका छन् । यो पनि : बालेन शाहलाई भोट माग्दै इन्दिरा जोशी र स्वस्तिममाले भने हाम्रो भोट त बालेन लाइ नै हो : गएको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदको विबेकशिल साझाबाट टिकट पाएर चर्चा कमाएकी पात्र हुन् रञ्जु दर्शना । सानै उमेरमा कामठमाडौँको मेयर बन्ने सपना देखेपनि रञ्जु सामाजिक संजालमा मात्रै चचिृत बनिन् । उनी सामाजिक संजालमा जति चर्चित बनिन् यर्थाथमा उनी तेस्रो स्थानमा चित्त बुझाउन बाध्य बनिन् । र१जुको उदाहरण दिँदै अहिले इञ्जिनियर बालेन शाह फेरी चर्चामा छन् । स्वतन्त्र उम्मेदवारी दिएका र्यापर तथा इन्जिनियर बालेन शाहलाई काठमाडौँबासीले मात्रै नभई फिल्मीकर्मीले पनि साथ दिइरहेका छन् । बालेनको चुनावी घोषणा पत्र सार्वजनिक भएसँगै उनलाई भोट दिन अपिल गर्दै फिल्मीकर्मीहरुले सामाजिक संजालमा उनको चुनावी एजेन्डा पोष्ट गर्दै बालेनलाई भोट दिन अनुरोध गरिरहेका छन् । चर्चित राजनैतिक पार्टी काँग्रेस र एमालेका अगाडी स्वतन्त्र उम्मेद्धवारलाई चुनावको सामना गर्नु फलामको चिउरा चपाएसरह नै हुने पक्का छ । बालेनलाई मतदान गर्न भन्दै निर्देशक निश्चल बस्नेत, गायिका इन्दिरा जोशी, निर्देशक दीपेन्द्र के खनाल, निर्माता तथा कलाकार दीपकराज गिरी लगायतले सार्वजनिक रुपमा नै सहयोगको अपिल गरेका छन् । निर्देशक खनालले बालेनलाई भोट दिन आग्रह गर्दै उनका घोषणा पत्र पोष्ट गरेका छन् । नायिका स्वस्तिमा खड्काले पनि बालेनको घोषणा पत्र पोष्ट गर्दै भोटका लागि अपिल गरेकी छिन् । यस्तै, निर्देशक प्रदीप भट्टराइले पनि हामीले छान्ने हरेक उम्मेदवार चाहे स्वतन्त्र होस् या कुनै दलको, व्यक्तिगत रुपमा यत्तिको जिम्मेवार, इमान्दार अनी स्पष्ट हुनैपर्छ भन्दै उनको पक्षमा भोट मागेका छन् ।

सम्बन्धित समाचार

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

वायु प्रदूषणले तराईको आकाश धुम्मियो, बुटवल र झापामा उच्च प्रदूषण

काठमाडाैँ । तराई क्षेत्रमा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ। पश्चिमको कैलालीदेखि पूर्वको झापासम्मको आकाश धुम्मिएको छ भने बुटवल र झापाको वायु गुणस्तर 'निकै अस्वस्थकर' श्रेणीमा…

इन्फो डेस्क