इन्फो नेपाल — सञ्चारको सञ्जाल

राक्षस

  • अर्जुन दाहाल
उ राक्षस हो उ भित्र राक्षसी प्रवृत्ति छ । उ मन लागेको खानेकुरा खान्छ खानामा बार्दैन उ मन लागेको कुरा लगाउँछ वस्त्रमा उसको कुनै भेदभाव छैन उ राम्रो लागेको कुरालाई बल जफत आफ्नो बनाउन खोज्छ उ प्रेमलाई नकार्दैन समग्रमा भन्दा उ भित्र काम क्रोध लोभ मोह चारै गुण विद्यमान छ । देवताका राजा इन्द्रलाई पनि स्वर्गको लोभ थियो, त्यसैले १०० अश्वमेध यज्ञ कसैले नगरोस भन्दथे। इन्द्रलाई कामको अशक्तता थियो त्यसैले ऋषि पत्नी अरुन्धतीको सँग भोग विलास गरे इन्द्रमा क्रोध थियो त्यसैले असुरको संहार गरे इन्द्रमा मोह थियो शक्तिशाली रहन उनले दधीचिको हाडको बज्र बनाए । तर इन्द्र देवताका राजा थिए । काम क्रोध लोभ मोह त महादेवमा पनि थियो त्यसैले छल पूर्वक सतीदेवी सँग विवाह गरे काम क्रोध लोभ मोह त लक्ष्मीमा पनि थियो त्यसैले समुन्द्र मन्थन बाट बाहिरिएपछि बिष्णुलाई रोजिन काम क्रोध लोभ मोह त ब्रह्मामा पनि थियो मोहमा परेर आफ्नो मानस पुत्री सरस्वती अंगाले काम क्रोध लोभ मोह त कृष्णमा पनि थियो त्यसैले राधा सँग प्रेम गरी रुक्मिणी लक्ष्मी हुन भन्ने जानी रुक्मिणीलाई हरण गरे तर धर्मले हरणलाई बहादुरीता भन्यो किनकी उनीहरू धार्मिक थिए। वास्तविक राक्षस को हो त उ भित्र विराजमान ईश्वरलाई थाहा होला उसलाई प्रह्लाद कथा कण्ठै थियो त्यसैले उसले यज्ञमा हवि राक्षस गरु शुक्रचार्यलाई प्रदान गर्यो, संहार भएका पितृ राक्षसलाई प्रदान गर्यो न त इन्द्रलाई न त महादेवलाई न त बिष्णुलाई न त ब्रह्मालाई। एकै बाउ कश्यप ऋषिका छोरा देवता र राक्षसबीचको फरक सायद उसैलाई थाहा होला ।

सम्बन्धित समाचार

‘बाल महाभारत’ सार्वजनिक, नयाँ पुस्तालाई पौराणिक पात्रसँग परिचय गराउने उद्देश्य

हेटौँडा | साहित्यकार छवि अनित्यको चौथो कृति ‘बाल महाभारत’ सार्वजनिक भएको छ। ‘गोकु’, ‘नारुतो’जस्ता एनिमे पात्रतर्फ आकर्षित हुँदै गएका नयाँ पुस्तालाई पूर्वीय साहित्यको महान ग्रन्थ मह…

इन्फो नेपाल संवाददाता

'मेरा बा'

कृतिका हुमागाई 'क' समेत नपढेका मेरा बा तर कुर्कम गरेनन् 'अ' समेत नपढेका मेरा बा तर अन्याय र अपराध सहेनन् जहिले सुकर्म र न्यायका लागि यौवन हुदै देखिनैक दुई नाले खद्वा बन्दुकसंग मैदा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

म र मेरो दाह्री

युवराज घिमिरे खिसी गर्थे साथीभाई मेरो फेस देखि जब देखि देखा पर्यो जु“गामा त्यो रेखी । उमेर बढ्दा जु“गा पनि हुंदै गयो कालो, जु“गा पछि आउ“दो रैछ दाह्रीको पो पालो । कपालमा सबै भन्दा क…

इन्फो नेपाल संवाददाता