इन्फो नेपाल — सञ्चारको सञ्जाल

“राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र साही ले जिते २ करोड ९० लाख नेपाली को मन भने हामी केजरीवाल बन्दैनौ म राजेन्द्र लिङदेन नै बन्छु, ज्ञानेन्द्र साही ज्ञानेन्द्र नै भन्नू हुन्छ, तर केजरीवालभन्दा राम्रो गरेर जनताको मन जित्छौ।

काठमाडौं । अहिले चर्चामा छ्न ज्ञानेन्द्र साही र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा लोकप्रिय नेता राजेन्द्र लिङदेनले नयाँ दिल्लीका लोकप्रिय नेता अरविन्द केजरीवालको नक्कली आफूले नगर्ने तर उनले भन्दा राम्रो काम गरेर आम नेपाली जनताको मन जित्ने बताएका छन् । “कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भने, ‘म केजरीवाल बन्दिन । मलाई त्यो किसिमको नक्कलमा विश्वास छैन् । म राजेन्द्र लिङदेन नै बन्छु । यही नामबाट राम्रो काम गरेर जनताको मन जित्छु ।” “लिङदेनले कांग्रेस र कम्युनिष्टबाट रुष्ट भएका, निराश भएका, आशा मारिसकेका जनताले बल्ल राप्रपालाई विकल्पको रुपमा देख्न थालेको बताउँदै हजारौंका संख्यामा भइरहेको पार्टी प्रवेश त्यसको यसको संकेत मात्रै भएको बताए । )” “क्रान्ति र परिवर्तनका नाममा नक्कली कुरा गरेर सधैं नेपाली जततालाई गरिवी र अशान्तिमा राख्ने काम कांग्रेस र कम्युनिष्टहरुले गर्दै आएको बताउँदै उनले नेपाली जनताको आत्मसम्मान र संवृद्धिको हकलाई उनीहरुले सस्ता कुरा गरेर हनन गर्ने काम गर्दै आएको बताए । लिङदेनले कांग्रेस र कम्युनिष्टले अब जतिसुकै क्रान्तिकारी कुरा गरेर पनि नेपाली जनताले नपत्याउने बताए ।” “राप्रपाको पक्षमा जनताको आकर्षिण देखेर कांग्रेस र एमालेमा भय बढ्दै गएको भन्दै आफूहरुले उठाएका राजनीति, आर्थिक मुद्दा, भ्रष्टाचार अन्त्य कुराका लागि सडक संघर्षसँगै निर्वाचनमार्फत पनि अघि बढाउने बताए । लिङदेनले अबको चुनावी प्रतिस्पर्धा राप्रपा र गैरराप्रपाबीच हुने संभावना देखिएको बताए ।” “नेता लिङदेनले विकास के हो ? भन्ने कुरामा पनि तीन दशकदेखि कांग्रेस कम्युनिष्टले जनतालाई ढाँटछल गर्ने र नक्कली कुरा गर्ने काम गर्दै आएको बताउँदै भने, ‘विश्व सुचना प्रविधिमा भएको विकासले ल्याएको परिवर्तन अहिले राणा शासन नै कायम भएको भए पनि रोकिन्थेन, यसमा कांग्रेस, एमालेले हामीले गर्यौं भनेर गर्फ गर्नु बेकार हो । डोजर भएको आफ्नो कार्यकर्ताले पहाड खोस्रिदैमा सडक बन्यो, विकास भयो भन्ने होइन् । जबसम्म जनताले अनुभूत गर्नेगरी उनीहरुको जीवनस्तरमा परिवर्तन हुन्न, तबसम्म विकास भन्न मिल्दैन् ।” “विकास भनेको गगनचुम्बी भवनहरु बन्नु मात्रै विकास होइन् भन्दै उनले जनताले गर्व गर्दै आएको इतिहास, संस्कृति, विविधिता, एकताको संरक्षण पनि विकासको हो भने । लिङदेनको पार्टीले संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र कायम हुनुपर्ने एजेण्डा बोल्दै आएको छ । उनले यो एजेण्डा आफ्नो कन्भिक्शनको आधारमा देश र जनताको लागि आवश्यकता छ भनेर नै बोकेको बताउँदै यसबाट बिचलिन नहुने बताए ।” “नेता लिङदेनले आफूहरुले उठाउँदै आएको एजेण्डासँग नजिक रहेका सबै दल, संघसंगठन, समुदाय र व्यक्तिलाई एक बनाएर लैजाने बताउँदै त्यसमा आफू सफल हुने बताए । देश बनाउने कुरा एक व्यक्तिले मात्रै नभएर सशक्त टिम पनि चाहिने बताउँदै राप्रपा सबै क्षेत्रका अनुभवी र इमान्दार व्यक्तिहरुसहितको दल बनिसकेको र थपिने क्रम जारी रहेको बताए ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क