इन्फो नेपाल — सञ्चारको सञ्जाल

राजेशपायल राईलाई पुत्रलाभ भएको खबर के हो?

राजेशपायल राईलाई पुत्रलाभ भएको खबर छ ।’ काठमाडौंको ह्याम्स अस्पतालमा दुई महिनाअघि उनलाई पुत्रलाभ भएको बटाईएको छ । स्रोतका अनुसार बच्चा जन्मिएका बेला तीन दिनसम्म राजेशपायल अस्पतालमै बसेका थिए । यतिबेला भने उनी कार्यक्रमका लागि अमेरिकामा छन् । राजेशपायलसँग लभिङ टुगेदरमा बसिरहेकी सङबुङ राईबाट सन्तान जन्मिएको हो । यद्यपि यस कुरालाई राजेशपायल राईले आधिकारिक रुपमा भने पुष्टि गरेका छैनन् । त्यसो त उनले आफट्लाठई अहिलेसम्म अविवाहित भन्दै आएका थिए । हरेक पटकको अन्तर्वार्तामा उनलाई नछुटाइने प्रश्न हुन्थ्यो, ‘विवाह कहिले गर्ने ?’ उनले यसको स्पष्ट जवाफ कहिल्यै दिएनन् । उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई गुपचुप राखे पनि विवाहको औपचारिक घोषणा गर्ने तयारीमा रहेको स्रोतको भनाइ थियो । यद्यपि विवाहको टुंगो नलाग्दै उनलाई पुत्रलाभ भएको खबर बाहिरिएको हो । सङबुङ राईको टिकटकमा राखिएको एक भिडियोले यो खबरलाई पुष्टि गर्छ । उनले सुत्केरी अवस्था र भर्खरै जन्मिएका शिशुलाई राजेशपायलले स्याहारसुसार गरिरहेको भिडियो राख्दै अंग्रेजीमा लेखेकी छिन्, ‘श्रीमान् श्रीमती ।’ सङबुङसँग बिहे गर्ने तयारीमा छन् राजेशपायल ? टिकटकमा सक्रिय सङबुङ राजेशपायलभन्दा २६ वर्ष कान्छी हुन् । उनको उमेर अहिले २० वर्ष छ भने राजेशपायल ४६ वर्षका । राजेशपायलले सङबुङलाई नक्सालको आफ्नै घरमा राखेको स्रोत बताउँछ । राजेशपायलको काठमाडौंमा दुई घर छ्, नक्साल र शान्तिनगरमा । बिहे नगरी बुवा बन्ने रहर अक्सर विवाहको कुरा गर्नासाथ राजेशपायल पन्छिने गर्थे वा हाँसेरै टार्ने गर्थे । कतिपय अवस्थामा चाहिं उनले आफू विवाह नगरी नै सन्तानको बुवा बन्न चाहेको खुलासा गर्थे । एकपटक उनले भनेका थिए, ‘म सेरोगेसीबाट बच्चा जन्माउँ कि भन्ने थियो ।’ त्यति मात्र होइन, उनले यस विधिबाट जुम्ल्याहा सन्तानको बुवा बन्ने इच्छा प्रकट गरेका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क