इन्फो नेपाल — सञ्चारको सञ्जाल

रातारात सडकको गमला हटाउँदै हेटौँडा उपमहानगरपालिका

मकवानपुर: हेटौँडा उपमहानगरपालिकाले सडक विस्तार प्रक्रियालाई सहजीकरण गर्ने उद्देश्यले सडकपेटिमा भएको गमला रातारात स्थानान्तरण गर्न सुरु गरेको छ । उपमहानगरपालिकाले बुधबार राती २ वटा जेसिवी प्रयोग गरेर सडक पेटिमा राखिएका बिरुवा सहितको गमला स्थानान्तरण गरेको हो । सडक डिभिजन कार्यालय हेटौंडाले ३५ दिनअघि सूचना जारी गर्दै सडक क्षेत्रमा अतिक्रमण गरेका भौतिक संरचना हटाउन आह्वान गरेको थियो । जवाफमा हेटौंडा उपमहानगरपालिकाले यसअघि पनि सडक विस्तारको काममा सहजीकरणका लागि जनतासँग सहयोग र समन्वयका लागि अपिल गरेको थियो । उक्त अपीललाई ध्यानमा राख्दै उपमहानगरपालिकाले सडकको फुटपाथबाट गमला स्थानान्तरण गरेको हो । लामो समय देखि उक्त राजमार्ग अन्तर्गतको मकवानपुर खण्डको सडक हालसम्म विस्तर हुन सकेको छैन । दैनिक हजारौँ सवारी साधन र बढ्दो जनसङ्ख्याको चापका कारण हेटौँडा बजार अव्यवस्थित भनेको छ । साँघुरो सडक त्यसमाथि सवारी चापका कारण दुर्घटनाको जोखिम बढ्दो छ । सडक विस्तारका लागि पछिल्लो पटक असार १० गते सडक डिभिजन कार्यालय हेटौँडाले ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना हटाउन आग्रह गरेको थियो । उक्त सुचनाको स्वागत गर्दै उपमहानगरपालिकाले नगरसभाबाट नै सर्वसम्मत निर्णय गरेर सडक विस्तारमा समन्वय र सहकार्य गर्ने भएको थियो । सोही अनुसार उपमहानगरपालिकाले सडक पेटिबाट गमला हटाएको हो । सबै नगर प्रहरी परिचालन गरि वडा प्रहरीका निरीक्षक दाताराम अधिकारीको रोहबरमा उक्त कार्य भैरहेको छ । गमला बिरुवाहरू स्थानान्तरण गर्ने यो पहल चलिरहेको सडक विस्तार प्रयासहरूमा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा खडा देखिन्छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क