इन्फो नेपाल — सञ्चारको सञ्जाल

राप्रपाकी महामन्त्री कुन्ती शाहीले एमाले महासचिव ईश्वर पोखरेलज्यू भनेपछि…

काठमाडौं । आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान हलमा जारी नेकपा माओवादी केन्द्रको ८ औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही अड्किँदै अड्किँदै बोलिन् । कार्यक्रममा उपस्थित अतिथिहरुलाई सम्बोधन गर्ने क्रममा अड्किँदै सम्बोधन गरेकी उनले नेकपा एमाले महासचिव ईश्वर पोखरेल भनेपछि हलभित्र हाँसो चल्यो । माओवादीको महाधिवेशनमा अतिथी बनेर आएका महासचिव शंकर पोखरेलले पनि कुन्तीतर्फ पुलुक्क हेर्दै हाँसे । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उनीतिर हेर्दै खुबै हाँसे । कार्यक्रममा उपस्थित भएका कार्यकर्ताहरु पनि हाँसेका थिए । त्यसपछि शाहीले आफ्नो बोली सच्याइन् र शंकर पोखरेलको नाम लिइन् । तर, पनि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम लिने क्रममा फेरि अड्किइन् र उनलाई पछाडिबाट उपेन्द्रको नाम भनेपछि उनले सम्बोधन अघि बढाइन् । सम्बोधनका क्रममा माओवादी र राप्रपाको विचारधारा फरक भए पनि एउटा विचारमा भने मिल्ने बताइन् । मौलिकता, संस्कृतिलाई समृद्ध, राष्ट्रियतालाई बलियो बनाउने विचारमा आफ्नो पार्टीसँग माओवादी मिलेको तर, वाद फरक रहेको उनले बताइन् । उनले भनिन्, ‘आज यहाँका युवाहरु कहाँ छन् ? सय डिग्रीको तापक्रममा खाँडीमा पसिना सिञ्चित गरिरहेका छन् । अब, उनीहरुलाई स्वदेश फर्काएर देश विकास गर्ने कि नगर्ने ? त्यसैले देश निर्माणमा सबै दल एकजुट होऔँ ।’

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क