इन्फो नेपाल — सञ्चारको सञ्जाल

राप्रपाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र, माग सम्बोधन नभए आन्दोलनको चेतावनी

हेटौँडा | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले देशव्यापी अभियानअनुसार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। जिल्ला प्रशासन कार्यालयमार्फत पठाइएको ज्ञापनपत्रमार्फत पार्टीले सरकारसँग ६ बुँदे माग अघि सारेको छ।

मंगलबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई पार्टीको तर्फबाट ज्ञापनपत्र बुझाइएको हो। राप्रपा मकवानपुरका उपाध्यक्ष कविन्द्र राज भट्राईका अनुसार ज्ञापनपत्रमा पूर्व न्यायाधीशको नेतृत्वमा नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन, झुठा मुद्दा खारेज र निर्दोषहरुको रिहाइ, घाइतेको निःशूल्क र प्रभावकारी उपचारको व्यवस्था, र पार्टीले अघि सारेको ४० बुँदे मागमाथि वार्ताका लागि टोली गठन लगायतका विषय समेटिएका छन्।

ज्ञापनपत्र बुझाउनुअघि हेटौँडा–२, सानोपोखरास्थित पार्टी कार्यालयबाट निकालिएको र्‍याली जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर धर्नामा परिणत भएको थियो। सहभागीहरूले "दलालीतन्त्र मुर्दाबाद", "संघीयता खारेज गर" जस्ता नारासमेत लगाएका थिए।

कार्यक्रममा राप्रपा मकवानपुरका कार्यबाहक अध्यक्ष सागर थापाले सरकारले जनभावनाको उपेक्षा गरे परिस्थिति जस्तो भए पनि पार्टी त्यसको सामना गर्न तयार रहेको चेतावनी दिए। उनले सरकारप्रति गम्भीर असन्तुष्टि जनाउँदै जनविरोधी नीति, भेदभावपूर्ण शासन र अन्यायपूर्ण मुद्दाहरूको अन्त्य नभएसम्म संघर्ष जारी रहने बताए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क