इन्फो नेपाल — सञ्चारको सञ्जाल

राप्रपा मकवानपुर क्षेत्र नं. १(ख) को अधिवेशन सम्पन्न, सापकोटा अध्यक्ष चयन

हेटौँडा | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. १(ख) को क्षेत्रीय अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले देवनारायण सापकोटालाई अध्यक्षमा निर्वाचित गरेको छ। सापकोटाको नेतृत्वमा २५ सदस्यीय क्षेत्रीय कार्यसमिति चयन भएको र समितिको पहिलो बैठकले दुई उपाध्यक्ष, एक सचिव, एक कोषाध्यक्ष र एक सहसचिव मनोनयन गर्ने बताइएको छ। यसअघि सापकोटा पार्टीको स्थानीय तहमा संयोजकका रूपमा सक्रिय थिए। हेटौँडा–४ स्थित बालकुमारी पार्टी प्यालेसमा आयोजित अधिवेशनको उद्घाटन पूर्व अध्यक्ष उमेश थापाको सभाध्यक्षतामा भएको थियो। कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह थिए। उद्घाटन सत्रमा राप्रपा केन्द्रीय सदस्यहरू, स्थानीय नेताहरू र कार्यकर्ताहरूको उल्लेख्य सहभागिता देखिएको थियो। अधिवेशनकै अवसरमा विभिन्न पार्टी परित्याग गरेका करिब १२० जना युवाले राप्रपामा प्रवेश गरेका छन्। नयाँ प्रवेशकर्ताहरूको स्वागत गर्दै नेताहरूले पार्टीलाई वैकल्पिक शक्ति बनाउने प्रक्रियामा युवा पुस्ताको भूमिका महत्वपूर्ण रहेको बताए। कार्यक्रममा केन्द्रीय नेताहरूले स्थानीय तहमा संगठन बलियो बनाउन र राप्रपालाई जनतामा विश्वासिलो बनाउनेतर्फ लाग्न कार्यकर्तालाई आह्वान गर्दै कार्याक्रम सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यावाद ब्याक्त गरे ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क